३० आश्विन २०८३, शुक्रबार

यूएईमा नेपाली चेलीले खोले लेडिज सैलुन, लागत झण्डै डेढ करोड (फोटो फिचर)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Uae-ladies
– मान बहादुर केसी
फुजैराह यूएई । यूएईको उत्तरी क्षेत्रमा रहेको पहाडी प्रान्त मानिने सुन्दर रमणिय स्थल फुजैराहमा अत्याधुनिक स्तरको सेवा र सुविधा भएको लेडिज सैलुनको गत नोवेम्बर २० शुक्रबारका दिन विधिवत् उद्घाटन गरी सन्चालन गरिएको छ, नासिर लेडिज सैलुनको उद्घाटन कार्यक्रमकी प्रमुख अतिथी फिस्टेेल ट्राभलकी सञ्चालिका तथा झापाली समाज यूएईकी सल्लाहकार मोती राई र सपना पाण्डेले संयुक्त रुपमा रिबन काटेर गरेकी छन् ।
ब्याबसायी तथा समाजसेवी दिपा पाण्डेको सभापतित्वमा अघाडि बढेको सो कार्यक्रममा बिशेष अतिथी अब्दुल मोहमद हुन हुन्थ्यो भने अतिथिहरु भुपधोज कार्की, शंकर अधिकारी, शान्ता तमाङ, शिवलाल जैशी, गीतामणी पाण्डे, राज कुमार न्यौपाने, शिव क्षेत्री, ओम कुमारी खाण, कृष्ण अधिकारी, शेर सुनार, सरिता पराजुली, कुल क्षेत्री, शर्मिला थपलिया, बेनी माधव ढकाल, निर्मला तमाङ, देउडा गायक मान बहादुर के.सी. ‘मुस्कान’को रहनु भएको थियो ।
कार्यक्रममा उपस्तिथ सम्पूर्णलाई छोटो मिठो स्वागत मन्तब्य दिदै सन्चालिका लक्ष्मी तामाङले आफुहरु ग्राहकहरुलाई अधिकतम सेवा र सुविधा दिएर ब्याबसायिक रुपमा लाभ लिनु भन्दा पनि ग्राहकहरुको बिश्वास जित्ने जिज्ञासा राख्नु भएको थियो, भने कार्यक्रममा उपस्तिथ प्रमुख अतिथी, अतिथिहरुले पनि आ-आफ्नो बिचार राखेका थिए ।
यूएईको नेपाली समाजमा सफल ब्याबसायी तथा समाजसेवी महिलाका रुपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल बुटबल जिल्ला निवासी दिपा पाण्डे र ब्यूटी पार्लरको क्षेत्रमा लगभग १६ वर्ष लामो अनुभव बटुलेकी झापा जिल्ला निवासी लक्ष्मी तामाङको पार्टनरसिपमा नासिर लेडिज सैलुन सञ्चालन गरिएको हो ।
फुजैराह स्थित सेन्चुरी मलको ठीक सामुन्ने रहेको सैलुनले फुजैराहमा रहेका नेपाली दिदीबहिनीहरु लगायत स्थानीय अरबी, लेबनानी, भारती, पाकिस्तानी, मोरक्कनलाई सेवा दिने सञ्चालिका लक्ष्मी तामाङले बताइन्, करिब चार लाख धिराम (एक करोड १५ लाख नेपाली) रुपैयाँको लागतमा सञ्चालन भएको सो सैलुन उच्च प्रविधियुक्त रहेको छ, पार्लरमा उपलब्ध सबै सुविधाका अतिरिक्त स्टीम बाथको सुविधा यसको थप विशेषता रहेको सञ्चालिका पाण्डेले जानकारी दिएकी छन्, सो उद्घाटन कार्यक्रममा बोल्दै पाण्डेले फुजैराहमा छिट्टै एक नेपाली रेस्टुरेन्ट पनि सञ्चालन गर्ने र फुजैराहबासी दाजुभाई तथा दिदिबहिनीहरुको सहयोग एबम् साथ पाउने आशा राखेको बताएकी छिन् ।
समाजसेवी, बुद्धिजीवी, पत्रकार तथा कलाकारहरुको बाक्लो उपस्तिथी रहेको सो कार्यक्रमको सन्चालन पत्रकार राम प्रशाद ढुङेलले गरेका थिए ।
Uae-Ladies (1) Uae-Ladies (2) Uae-Ladies (3)