३० आश्विन २०८३, शुक्रबार

एनआरएनए प्रमुख संरक्षकमा जीवा लामिछाने नियुक्त

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jiba-Lamichhaneकाठमाडौं, ७ मंसिर । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को १५ नोभेम्बर २०१५ का दिन बसेको वैठकले संस्थाका प्रमुख संरक्षक, संरक्षक, सल्लाहकार तथाअन्तराष्ट्रिय समन्वय परिषद्का सदस्यहरु मनोनयन गरेको छ ।

वैठकमा अध्यक्ष शेष घलेले संस्थाको बिधानअनुसार बिभिन्न क्षेत्रीय संयोजकहरुले सिफारिस गरि पठाउनुभएका र बिभिन्न क्षेत्रका दिग्गज ब्यक्तित्वहरुको नामप्रस्ताव गर्नुभएको थियो । बैठकले सवै प्रस्तावहरुलाई बहुमतले पारित गरेको छ ।

जसअनुसार संस्थाको प्रमुख संरक्षकमा संस्थाका पूर्व अध्यक्ष जीवा लामिछाने नियुक्त हुनुभएको छ । उहाँ सन् २०११ देखि १३ सम्म संस्थाको अध्यक्ष हुनुहुन्थ्यो ।संरक्षकहरुमा कुलचन्द्र गौतम, इन्द्रा वन, डा. देवकाजी डंगोल र दिल गुरुङ मनोनयन हुनुभएको छ ।

यसैगरी वैठकले गैरआवासीय नेपाली संघमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका बिभिन्न क्षेत्रका ११ जना दिग्गज ब्यक्तित्वहरुलाई सल्लाहकारमा नियुक्त गरेको छ।

जसअनुसार डा. हेमराज शर्मा, त्रिलोक गुरुङ, विश्वआर्दश पण्डित, लोकभक्त राणा, कन्हैयालाल श्रेष्ठ, दीपक खड्का, पीजी शेर्पा, चन्द्र रोकाहा, नवराज गुरुङ, पुष्पथापा र एकनाथ खतिवडालाई सल्लाहकार नियुक्त गरिएको छ ।

वैठकले बिधानअनुसार नियुक्त गर्न सकिने १५ जना मनोनित आईसीसी सदस्यहरु पनि नियुक्त गरेको छ । जसअनुसार अमेरिका क्षेत्रबाट सुनिता शर्मा, नविन शेरचनर खगेन्द्र जिसी, एशिया क्षेत्रबाट भुषण घिमिरे र सोमचाई क्षेत्री, युरोपबाट जयप्रकाश गुरुङ, सोम सापकोटा र जानकी गुरुङ, मध्यपूर्वबाट अस्मिन बेइगम र आरकेशर्मा, ओसियानाबाट धर्मराज अधिकारी र जमुना गुरुङ तथा अन्य क्षेत्रबाट ऋषि कँडेल, भोमादेवी लिम्बु र योगेन क्षेत्री नियुक्त हुनुभएको छ ।

यसैगरी वैठकले नोभेम्बर ३ तारिखको अफिस बियररको वैठकले गरेको निर्णय गरेअनुसार अन्तराष्ट्रिय समन्वय समितिको प्रवक्तामा रन्जु थापा वाग्लेकोनियुक्तिलाई अनुमोदन गरेको छ । वैठकले विधान संसोधन समितिको अध्यक्षमा डा. हेमराज शर्मा र बिधान ब्याख्या समितिको अध्यक्षमा कुलचन्द्र गौतमलाईनिरन्तरता दिने निर्णय गरेको छ ।

वैठकले नेपालमा आइपरेको मानवीय संकट समाधानका लागि सहयोग गर्न ‘विपत ब्यबस्थापन समिति’ गठन गरेको छ । अध्यक्ष शेष घलेको अध्यक्षतामा गठितसमितिमा कुलचन्द्र गौतम, डा. गणेश गुरुङ, रन्जु वाग्ले, जमुना गुरुङ, डा. भगवान कोइराला र इन्द्रा बन, शिशिर भट्ट र रजनी प्रधान सदस्य रहनुभएको छ । समितिले नाकाबन्दीका कारण नेपाल उत्पन्न मानवीय संकटलाई समाधान गर्न अत्याबश्यक औषधी सहयोग गर्न तदारुकताका साथ कार्य अगाडी बढाउने छ ।