१२ कार्तिक २०८३, बिहिबार

दार्चुलामा एक युवक मृत फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

फइल तस्बिर
फइल तस्बिर

– नरेन्द्रसिंह कार्की

दार्चुला, ७ मंसिर । दार्चुला जिल्लाको गोकुलेश्वर– ३ धानाखेतीका २३ वर्षीय पदमराज जोशी मृत फेला परेका छन् ।

आइतबार राति ग्वानी– ६ लेकगाउँमा भएको एकादशी जात्रा हेर्न गएका जोशी आज बिहान मृत फेला परेका हुन् ।

छ बजे बेलुकी घरबाट जात्रा हेर्न गएका उनी भीरबाट तल खसेको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका निमित्त इन्चार्ज सई जगन्नाथ कार्कीले जानकारी दिनुभयो । अहिले स्थानीय पनि घटनास्थलमा गइरहेका छन् ।

अहिले लेकगाउँ क्षेत्रका विभिन्न स्थानमा जात्रा भइरहेको छ । जात्राको समयमा मदिरा बढी चल्ने गर्दछ ।

उनी भीरबाट लडेका हुन् कि हत्या भएको अहिले नै भन्न सकिने अवस्था नभएको कार्कीले बताए ।