– सुदिप निउरे
क्वालालम्पुर । मलेसियामा रहेका नेपालीले देशमा जारी नाकाबन्दी अन्त्य गर्न माग गर्दै यहांस्थित भारतीय दूताबासमा ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् ।
नाकाबन्दीका कारण जनजीवन कष्टकर बनेपछि भारतीय दुताबास समक्ष नेपालीहरुले ज्ञापनपत्र बुझाउन लागेका हुन । ज्ञापनपत्र सोमबार बुझाउने कार्यक्रम तय गरिएको छ । एनआरएनए मलेसियाको आयोजनामा कार्यक्रम हुन लागेको हो । एनआरएनए मलेसियाका अध्यक्ष महेन्द्रजंग शाहले कार्यक्रममा सहभागी भैदिन यहां कार्यरत नेपालीहरुमा आह्वान गर्नु भएको छ ।
एनआरएन मलेसियाको मालुरी स्थित कार्यालयमा दिउसो १ बजे भेला भै भारतीय दुताबासमा जाने अध्यक्ष शाहले बताउनु भयो । संबिधान जारी भएसंगै मधेषमा शुरु भएको आन्दोलनले एक सय दिन पार गरी सकेको छ । मधेस आन्दोलनको कारण देखाउदै भारतले चर्काे नाकाबन्दी लगाएर देशबासीलाई दुख सास्ती दिएपछि यहां पेशा ब्यबसाय तथा रोजगारी गर्ने नेपाली चिन्तीत छन् ।
ईन्धन, औषधी लगायत दैनिक अत्याबश्यक बस्तुको अभाबमा जनजीवन दिन प्रतिदिन कष्टकर बन्दा समेत छिमेकी मुलुक भारत एउटै अडानमा बस्नु नाजायज भएको मलेसियामा कार्यरत नेपालीहरु बताउंछन् । मधेस आन्दोलन र नाकाबन्दी प्रति अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरुले समेत चाँसो दिइरहेका छन् ।















प्रतिक्रिया