– भुपराज बस्याल
यूएई, ६ मंसिर । भारतको अघोषित नाकाबन्दीकाबीच इन्धनको वैकल्पिक व्यवस्था एक नेपाली टोली खाडी मुलुक यूएई(दुबई) पुगेको छ ।
युएई पुगेको नेपाली टोलीलाई शुक्रबार त्यहाँका प्रवासी नेपालीले स्वागत तथा सम्मान गरेका छन् । नेपाली टोलीमा प्रतिष्ठित व्यापारी अनिल विश्वकर्मा गजमेर लगायतका व्यक्तित्वहरु छन् ।
नेपाली टोलीलाई शुक्रबार दुबईमा विश्वकर्मा समाज नेपाल यूएईले एक समारोहबीच स्वागत तथा सम्मान गरेको हो । नेपाली टोली नाकाबन्दीले अभाव भएको इन्धनको विकल्प खोज्न यूएई आएको हो । माई ईन्वेस्ट्मेण्ट ग्रुप नेपालका अध्यक्ष चेअरमेन अनिल विश्वकर्मा गजमेर पेट्रोलियम विज्ञ पनि भएकाले उनले ग्यास कम्पनीसँग अध्ययन तथा सम्झौता प्रक्रिया अगाडि बढाएका छन् ।
नेपाली टोलीले इन्धनमा ग्यास आपूर्तिलाई प्राथमिकता दिँदै दुबईको अल घुरैर कम्पनीसँग ब्यापारिक सम्झौताको तयारी गरेको छ । हाल उक्त कम्पनीसँग मूल्यका बारेमा छलफल भइरहेको छ ।
नाकाबन्दीले इन्धनको विकल्प खोज्न सरकारले चीन र बंगलादेशसँग सम्पर्क गर्दा पनि सम्झौता हुन नसकेका बेला अर्काे टोली यूएई आएको हो ।


















प्रतिक्रिया