१ कार्तिक २०८३, शनिबार

सडक बिस्तारको क्रममा नेपालमा भेटियो अर्काे विशाल खानी !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dhunga-khaniबेनी (म्याग्दी), ६ मङ्सिर । पश्चिम म्याग्दीको ताकम गाविस–८ मच्छिममा सडक बिस्तारको क्रममा विशाल ढुङ्गाखानी भेटिएको छ ।

जिल्ला विकास समिति र स्थानीयवासीको लगानीमा निर्माण भइरहेको सडकखण्ड अन्तर्गत मच्छिम गाउँ नजिक खानी भेटिएको छ । घर, मठमन्दिर, सडक तथा विभिन्न प्रयोजनमा प्रयोग गर्ने आर्कषक ढुङ्गा फेला परेको ताकम सिवाङका गिरीप्रसाद छन्त्यालले जानकारी दिनुभयो ।

ढुङ्गाखानीको व्यवस्थापनका लागि स्थानीयले रेशम छन्त्यालको संयोजकत्वमा समिति गठन गरेका छन् भने उनीहरुले उत्खनन् समेत गर्न थालेका छन् । वार्षिक रु १० लाखसम्म दिने तथा सडकका लागि आवश्यक पर्ने डोजर निःशुल्क उपलब्ध गराउने सम्मको प्रस्ताव आएको संयोजक छन्त्यालको भनाइ छ । “बस्तीभन्दा टाढा रहेकाले खानी उत्खनबाट कुनै असर पर्दैन” उहाँले भन्नुभयो ।

ढुङ्गाखानीलाई व्यवसायीकरुपमा सञ्चालन गरी स्थानीय भुमे निमावी सञ्चालनसहित गाउँको विकासमा खर्च गर्ने सोच स्थानीयको छ । अहिले जिल्लाको मुदी, मुना, ताकमलगायतका क्षेत्रबाट समेत ढुङ्गाको माग आउन थालेको बताइएको छ । रासस