रौतहट, ६ मंसिर । रौतहटमा एक युवकले आफ्नै आमा र बहिनीको हत्या गरेका छन् ।
आइतबार रौतहटको धरमपुर–४ धनारी टोलमा आमा–छोरीको हत्या भएको हो । उनीहरुको हत्या उनकै जेठा छोरा नन्दकिशोरले गरेको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार मानसिक रोगी २६ वर्षीय नन्दकिशोरले घर अगाडिको सडकमा बसिरहेका ४५ वर्षीया आमा रामकली देवी र १३ वर्षीया बहिनी अनिता कुमारीको कोदालोले काटेर हत्या गरेका हुन् ।
घटना भएलगत्तै फरार रहेका नन्दकिशोरको खोजीकार्य तीब्र पारिएको इलाका प्रहरी कार्यालय गुरुडाका प्रहरी निरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो ।















प्रतिक्रिया