१ कार्तिक २०८३, शनिबार

कैलाली र दाङमा मेगा बैंकको अत्याधुनिक ‘शाखा रहित बैंकिङ सेवा’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mega-Bank-BLB

काठमाडौं, ६ मंसिर । मेगा बैंक नेपाल लिमिटेडले नेपालमै पहिलोपटक अत्याधुनिक उपकरण ९त्बदभित० को माध्यमबाट शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।

शाखारहित बैकिङ सेवालाई विस्तार गर्ने क्रममा २२ कात्तिक २०७२ मा कैलालीको जोशीपुर र हसुलिया साथै २४ कात्तिक २०७२ मा दाङको लक्ष्मीपुर र सौंडीयारमा मेगा बैंकले शाखा रहित बैंकिङ सेवा विस्तार गरेको जनाएको छ ।

Mega-Bank-BLB.jpg1

वित्तीय समावेशिताको माध्यमबाट आर्थिक शशक्तिकरण गर्ने उद्देश्य अनुरुप ग्रामीण भेगका जनतासम्म आधुनिक बैकिङ सेवा सुविधाको पहुँच विस्तार गर्न शाखारहित बैकिङ सेवा विस्तार गरिएको बैंकका सिइओ अनिलकेशरी शाहले बताउनुभयो ।

मेगा बैंकले सक्षम परियोजनासँगको सहकार्यमा यो बर्ष सुदूरपश्चिमसहित देशका विभिन्न जिल्लामा ३० वटा शाखारहित बैंकिङ सेवा विस्तार गर्ने योजना लिएको छ ।