१२ कार्तिक २०८३, बिहिबार

दुई जना मारिएपछि आन्दोलनकारीले प्रहरी प्रमुखकै गाडी जलाए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Police-Vanसप्तरी, ६ मंसिर । सडक अवरुद्ध गर्न खोज्दा दुई जना मारिएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले कर्फ्यूको अवज्ञा गर्दै सप्तरीमा जिल्ला प्रहरी प्रमुख एसपीको गाडीमा आगजनी गरेका छन् ।

सप्तरीको भारदह र रुपनीमा शनिबार राति भएको झडपमा २ आन्दोलनकारीको मृत्यु भएपछि आक्रोशित भएका प्रदर्शनकारीले राजविराज बजार क्षेत्र मै प्रहरी प्रमुख एसपी भीम ढकाल चढेको ना१झ १३१६ गाडीमा आगजनी गरेका हुन् ।

यस्तै आन्दोलनकारीले रुपनी मोडमा रहेको प्रहरी बिट पनि जलाउनुका साथै राजमार्गको बरमझियास्थित सुन्दरी खोलाको पुल समेत भत्काइदिएका छन् ।