१२ कार्तिक २०८३, बिहिबार

किन अराजक बन्दैछ मधेसी मोर्चाको आन्दोलन, मोटरसाइकलमा आगजनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Motercycleइनरुवा, ६ मंसिर । सुनसरी सदरमुकाम इनरुवा– ७, जिविसको कार्यालय अगाडि दुईवटा मोटरसाइकलमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आगजनी गरेका छन् ।

शनिबार राति सुनसरीको दक्षिणवर्ती गाविसतर्फबाट तस्करीको इन्धन लिएर आइरहेका बेला मोर्चाका कार्यकर्ताले इनरुवा– ७ जिविस अगाडि रोकेर को१७प ५१०८ र को४प ३०७८ नंको मोटरसाइकलमा आगजनी गरेको जिप्रका, सुनसरीले जनाएको छ ।

आगजनीबाट मोटरसाइकल पूर्णरुपमा नष्ट भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

मोटरसाइकलमा लगाइएको आगोलाई इनरुवा नगरपालिकाको वारुणयन्त्रले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा अनुसन्धान भइरहेको सुनसरीका प्रहरी उपरीक्षक सञ्जयराज शर्माले जानकारी दिनुभयो । रासस