क्वालालम्पुर । मलेसिया सरकारले २ प्रतिशत बिदेशी कामदार कटौती गर्ने लक्ष्य लिएको छ ।
मानब संसाधन मन्त्री दातुक श्री रिचर्ड रियोटका अनुसार बिदेशी कामदारको कुल रोजगारी मध्य २ प्रतिशत कामदार कटौती गर्न लागीएको हो । अहिले मलेसियामा कुल रोजगारीको १७ प्रतिशत हिस्सा बिदेशी कामदारले ओगटेको जनाईएको छ । सन २०२० भित्र १७ प्रतिशत बिदेशी कामदारको परनिर्भरतालाई २ प्रतिशत कटौती गरी १५ प्रतिशतमा झार्ने लक्ष्य लिएको मानब संसाधन मन्त्री रिचर्ड रियोटलाई उध्रित गर्दै दि मलेसियन रिजर्भले खबर छापेको छ ।
यसअघि पनि सरकारी योजनामा प्रस्तुत गरिएको कामदार कटौतीको बिषय बिभिन्न कारणले अगाडी बढ्न सकेको थिएन । मलेसियाको अर्थतन्त्र र उद्योगका लागी बर्तमान आबश्यकता बिदेशी कामदार अपरीहार्य भएपनि त्यसलाई अल्पकालीन बनाउने निती सरकारले अगाडी बढाएको छ । बिदेशी श्रम शक्तिलाई कसरी घटाउदै लैजाने र स्थानिय नागरीकलाई श्रममा कसरी प्रोत्साहन गर्ने भन्नेबारे सरकारले ब्यापक छलफल गरि नया निती तर्जुमा गरेको हो ।

स्थानिय नागरीकको रुची र आक्रर्षण भएका क्षेत्रमा बिदेशी श्रम शक्ति परिचालन नगर्ने निती सरकार लिएको छ । कार्यालय, पेट्रोलपम्प, होटल, रेष्टुरेन्ट लगायत सम्मानित काममा स्थानियतालाई अझै बढी प्राथमिकता दिंने सरकारले बताएको छ । मलेसियामा निर्माण, उद्योग, बगान, कृषि र सेवा गरि ५ क्षेत्रका लागी मात्र बिदेशी कामदारलाई श्रम अनुमती दिइएको छ ।
















प्रतिक्रिया