महोत्तरी, ४ मङ्सिर । सर्लाहीको बरहथवामा गएराति अज्ञात समूहले एउटा ट्रकमा आगजनी गरेको छ ।
राति १२ बजेको समयमा बरहथवाबाट काठमाडाँैतर्फ सख्खर लोड गरी लैजाँदै गरेको अवस्थामा स्थानीय चोरनिया पुलमा अज्ञात समूहले ना ४ ख ५९८३ नम्बरको ट्रकमा आगजनी गरेको हो ।
आगजनीबाट गाडीको अगाडिको भाग पूर्णरुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । समयमै स्थानीयवासी र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएपछि थप क्षति हुनबाट जोगिएको प्रहरी निरीक्षक हेमन्तविक्रम राणाले बताउनुभयो ।
आगजनी गर्ने समूहको खोजी कार्य तीव्रगतिमा भइरहेको प्रहरी निरीक्षक राणाले जानकारी दिनुभयो । समयमा नै आगो नियन्त्रणमा आएपछि गाडीको पछाडि लोड गरिराखिएको सख्खर भने क्षति हुनबाट जोगिएको छ । रासस















प्रतिक्रिया