१२ कार्तिक २०८३, बिहिबार

विराटनगरमा एक दर्जन गाडी तोडफोड, आठजना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gadi ma Todfodविराटनगर, ४ मङ्सिर । संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले आज मोरङमा करिब एक दर्जन गाडी तोडफोड गरेका छन् ।

विराटनगरको पूर्वी भागसँग जोडिएको कटहरिस्थित नेसनल सिमेन्ट उद्योगको परिसरमा रोकेर राखिएका आठवटा ट्रक, दुई मोटरसाइकलका साथै कार्यालयमा समेत तोडफोड गरेका हुन् । साथै कटहरिको नहरमा को१च ७९९७ नम्बरको एम्बुलेन्समा पनि तोडफोड गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बिरामी बच्चालाई बोकेर विराटनगर आउँदै गरेको सो एम्बुलेन्समा तोडफोड गरिएको हो । प्रहरी नायब उपरीक्षक प्रमोद खरेलले बन्दकर्ताले गाडीमा ढुङ्गा प्रहार गरी भाग्ने गरेको र परिसरमा पार्किङ गरी राखिएको ट्रकहरुमा तोडफोड गरेका जानकारी दिनुभएको छ । उहाँका अनुसार बन्द तथा तोडफोडमा संलग्न आठजना बन्दकर्तालाई नियन्त्रणमा लिइएको छ । रासस