काठमाडौं, ४ मंसिर । अवैध रुपमा चाँदीको कारोबार गर्ने एक भारतीय व्यापारीसहित दुई जनालाई प्रहरीले विहीबार पक्राउ गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गोप्य सूचनाका आधारमा अवैध कारोबार गर्ने काठमाडौंको महाबौद्धस्थित श्रीनाथ सुनचाँदी खार्ने पसलका सञ्चालक भारतीय व्यापारी आमोल रङगनाथ सालुङखलाई चाँदीसहित पक्राउ गरेको हो ।
भारतको साङले जिल्ला घर भएका आमोलले अवैध रुपमा चाँदी ल्याएर राजधानीमा कारोवार गर्दै आएका थिए । महाशाखाको टोलीले खानतलासी गर्दा उक्त पसलबाट ४१ किलो ८०१ ग्राम चाँदी समेत बरामद गरेको छ ।
यसैगरी सोही पसलमा खरिद गर्न आएका जिल्ला सिराहा लाहान न.पा. १ घर भएका बर्ष ३२ का बिमल कुमार बराईलीलाई पनि महाशाखाको टोलीले पक्राउ गरेको छ । बराईलीको साथबाट २५ किलो चाँदी बरामद गरिएको महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिनुभयो । पक्राउ परेका दुबै जनामाथि अनुसन्धान भइरहेको छ ।















प्रतिक्रिया