१२ कार्तिक २०८३, बिहिबार

काठ तस्करी रोक्न चुरेमा संयुक्त गस्ती

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

कञ्चनपुर, ४ मङ्सिर । चुरे क्षेत्रमा काठ तस्करी गर्ने क्रममा बढोत्तरी भएपछि वन कार्यालय कञ्चनपुर र चुरे संरक्षण सञ्जालका पदाधिकारीले संयुक्त गस्तीको कार्य सुरु गरेका छन् ।

काठ तस्करी हुने क्षेत्रहरुको पहिचान गरी संयुक्त गस्तीको कार्यलाई दुवै निकायले प्रभावकारी रुपमा अगाडि बढाएका हुन् ।

“तस्करहरुले साइकल र मोटरसाइकलको प्रयोग गरी काठ तस्करी गर्न थालेपछि यसलाई रोक्नका लागि संयुक्त गस्तीको कार्यलाई अगाडि बढाएका छौँ” –इलाका वन कार्यालय ब्रह्मदेवका सहायक वन अधिकृत जीवछ यादवले भन्नुभयो ।

राति र दिउँसो पालो मिलाएर गस्तीको कार्य गरिन थालेकाले विगतको तुलनामा काठ तस्करी र जीवजन्तुको चोरी सिकारी नियन्त्रण हुँदै गएको उहाँले बताउनुभयो ।

केही दिनअघि मात्रै गस्ती टोलीले काठसहितका दुईवटा मोटरसाइकल बरामद गरी वन कार्यालयलाई बुझाइएको उहाँले बताउनुभयो । तस्करहरु गस्ती टोली देख्नेबित्तिकै मोटरसाइकल र साइकल छाडेर भाग्ने गरेकाले पक्राउ गर्न नसकेको उहाँको भनाइ रहेको छ ।

“दुवै निकायका पदाधिकारीहरुले गस्ती कार्यलाई निरन्तरता दिँदै आएकाले तस्करहरुले विगतमा जस्तो ढुक्कसँग वन पैदावारको तस्करी गर्नबाट डराउने गरेकाले तस्करीको कार्यमा निकै कमी आएको पाएका छौँ” – चुरे संरक्षण सञ्जालका अध्यक्ष रवीन्द्र कुँवरले भन्नुभयो । संयुक्त गस्तीको कार्य दुई महिनाअघिदेखि निरन्तररुपमा हुँदै आएको छ । रासस