गौशाला, १९ असार । महोत्तरी जिल्लाको बर्दिबासमा आफ्नै छिमेकीको छोरीलाई बलात्कार गरी फरार रहेको आरोपमा प्रहरीले बुधबार एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बर्दिबास गाविस–५ बस्ने महेन्द्र साह सोनारका छोरा ३२ वर्षीय दिनेश रहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
दिनेशले २०६८ जेठ ५ गते आफ्नै छिमेकीका एक किशोरीलाई बलात्कार गरी फरार रहेकामा प्रहरीले बुधबार उनलाई बर्दिबास बजारबाट पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक अशोक झाले बताउनुभयो ।
पीडित परिवारले घटना भएकै दिन प्रहरीमा दिएको जाहेरीपछि आरोपित फरार रहँदै आएकामा उनी एक्कासि बर्दिबास बजारमा देखापरेपछि उनलाई पक्राउ गरेको निरीक्षक झाले बताउनुभयो ।
आरोपित दिनेशलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत महोत्तरीमा उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
















प्रतिक्रिया