काठमाडौं, ४ मंसिर । रेमिटेन्स सेवाको पर्याय मानिदै आएको रेमिटेन्स कम्पनी आईएमईले यस वर्षका महान पर्व विजयादशमी तथा शुभ–दीपावली लक्षित सेवाग्राहीमुखी प्रवद्र्धनात्मक योजना ‘आईएमई बचत दश लाख’ को नतिजा सार्वजनिक गरेको छ ।
योजनाको सर्वाधिक आकर्षक मानिएको उपहारमा यस अवधिका कुल सेवाग्राही मध्येबाट ट्रान्जेक्शन नम्बर र नामका आधारमा सफ्टवेरका माघ्यमबाट भाग्यशाली बिजेता ट्रान्जेक्शन नम्बर ९०६७८५७१३१० का ब्रिजेशकुमार यादव घोषित हुनुभएको छ ।
आईएमईका कार्यकारी अध्यक्ष चन्द्र ढकाल, कार्यकारी निर्देशक हेम राज ढकाल (रामु) र ब्राण्ड एम्बासडरद्धय दीपक राज गिरी–दीपाश्री निरौलाले संचारकर्मी तथा कार्यालयका कर्मचारीको उपस्थितीमा अध्यक्ष ढकालले शुक्रबार होटल अन्नपूर्णमा आयोजित समाहोरका बीच सफ्टवेयरमा आधारित पद्वतिबाट बम्पर लक्की ‘ड्र’ घोषित गर्नुभएको हो ।
बिजेता यादवले आईएमईको अन्तर्राष्ट्रिय संजालअन्तर्गत मलेशियाबाट कात्तिक २४ गते पठाएको पैसा नेपालस्थित आईएमईको ब्यावसायिक साझेदार वेस्टर्न डेभलप्मेन्ट बैंकको चन्द्रौटा कपिलबस्तु शाखाबाट शान्ति यादवको नाममा रुपैयाँ ९९ हजार २ सय ७१ भुक्तान भएको थियो ।
यहि आश्विन १, देखि कात्तिक ३०, २०७२ सम्म दुई महिना लामो अवधिको लागि संचालन भएको “आईएमई वचत दश लाख” योजनामा नेपालका १३५ आईएमई सेन्टर सहित ४,००० भन्दा बढी रेमिटेन्स भुक्तानी काउण्टर तथा साझेदार बैंक तथा वित्तिय संस्था एवं आईएमई को–अपरेटिभ्स सर्भिस लिमिटेड अन्तर्गत देशभरि फैलिएका विभिन्न सहकारीका शाखाबाट आईएमईको सेवा लिने सेवाग्राहीले सहभागिता जनाएका थिए ।
योजनाबाट श्रम एवं विभिन्न उदेश्यले प्रवासमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई आईएमईमार्फत् आफ्नो मिहिनेतको कमाइ सुरक्षित तरिकाले स्वदेशमा पठाइ उपहार पनि प्राप्त गर्ने अवसर प्राप्त भएको विश्वास लिएका छौं ।
यो योजनामा स्वदेश वा विदेशबाट आईएमई गर्नेको हकमा दैनिक लक्की ड्र बाट बिजेता घोषित हुने ६० जना सेवाग्राहीलाई ५ हजार, साप्ताहिक लक्की ड्र बाट विजेता घोषित हुने ९ जनालाई रु. ५० हजार पुरस्कार राशीको वचत खाता साझेदार ग्लोबल आईएमई बैंकमा खोल्ने अवसर प्रदान गरिएको थियो ।
लक्की ड्र को नतिजा यस कम्पनीको आधिकारिक वेभसाईट, सामाजिक सन्जाल, एवं विभिन्न संचारका माध्यममार्फत् सार्वजनिक भैसकेको छ ।
आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यो कम्पनीले सेवा शुभारम्भको १५ औ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्र समेतलाई समेट्ने गरी ७५ जिल्लाका १३५ आईएमई सेन्टर सहित ४,००० भन्दा बढी रेमिटेन्स भुक्तानी काउण्टर र बैंक तथा वित्तिय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।















प्रतिक्रिया