१ कार्तिक २०८३, शनिबार

मलेसियामा महिला हत्या आरोपमा ६ जना नेपाली कामदार पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Malesiya-News

– सुदीप निउरे
क्वालालम्पुर । मलेसियाको मुहार भन्ने ठाउबाट स्थानीय एक महिलाको हत्या आरोपमा प्रहरीले ६ जना नेपालीलार्इ पक्राउ गरेको छ ।

मुहार जिल्लाका प्रहरी प्रमुख अजमान आरुवका अनुसार २९ वर्षीय नुरुल सहिरा नामकी महिलाको हत्या आरोपमा नेपाली युवालार्इ पक्राउ गरि अनुसन्धान थालिएको हो । जोहर राज्यको मुहारबाट पक्राउ गरिएको भनिएका कुनै पनि नेपालीको परिचय र उनीहरुले काम गर्ने कम्पनीको नाम भने खुलाइएको छैन ।

मलेसियाका सञ्चार माध्यमले जनाएअनुसार हत्या आरोपमा समातिएका सबै २५ बर्षदेखि ४५ बर्ष उमेर भित्रका छन् । उनीहरु सबै एकै स्थानबाट पक्राउ परेको बताइएको छ ।

प्रकाशित खबरहरुका अनुसार हत्या गरिएकी महिला स्थानीय एक बिद्यालयमा काम गर्ने परिचारिका हुन् । बिद्यार्थीले लगाउने टाइको प्रयोग गरि हत्या गरिएको अवस्थामा शव महिलाको आफ्नै घरबाट प्रहरीले बरामद गरेको हो ।

यसबारे नेपाली राजदूतावासले केहि जानकारी प्राप्त नभएको बताएको छ ।

ccc