बनेपा, ३ मङ्सिर । काभ्रेपलाञ्चोकको भकुण्डे क्षेत्रमा आज व्यक्तिगत प्रयोजनका लागि ल्याइएको पेट्रोल लुट्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सिन्धुलीबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बसमा आएका यात्रुले व्यक्तिगत प्रयोजनका लागि विभिन्न भाँडामा हाली ल्याएका झण्डै ७० लिटर पेट्रोलसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।
काभ्रेपलाञ्चोकको फूलबारी गाविस–२ का प्रकाश तामाङ, गोपाल तामाङ, विकास तामाङ र चन्द्र तामाङलाई प्रहरीले पक्राउ गरेको हो । पेट्रोल लुटिरहेको अवस्थामा बसका यात्रुले प्रहरीलाई खबर गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो । रासस















प्रतिक्रिया