२९ आश्विन २०८३, बिहिबार

पैसा नपाएपछि फोरममा अश्लील गाली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Renu-Yadavकाठमाडौं, १९ असार । संविधानसभा सदस्य भए वापत पार्टीलाई रकम नबुझाएको विवादमा मधेसी जनअधिकार फोरम नेपालकी नेतृ रेणु यादव र सभासद् शिवजी यादवबीचको झगडा अश्लील गालीगलौजसम्म पुगेको खुलासा भएको छ ।

शिवजीले पार्टीलाई पुरा रकम नबुझाएको भन्दै विवाद सुरु भएको हो । रेणुलाई अश्लिल गाली गरेको आरोपमा शिवजी सात महिनाका लागि पार्टीबाट निलम्बनमा परेका छन् ।

स्रोतका अनुसार शिवजी यादव पार्टीलाई एक करोड ५० लाख बुझाउने सहमति गर्दै सभासद बन्न सफल भएका थिए । त्यसमध्ये १५ लाख तत्कालै बुझाएपनि बाँकी ३५ लाख रुपियाँ बुझाएका छैनन् ।

पार्टी अध्यक्ष उपेन्द्र यादवका तर्फबाट शिवजीलाई फोन गर्दै रेणुले बाँकी रकम बुझाउन ताकेता गरेकी थिइन् । पछिल्लो समय फोन रिसिभ गर्न छाडेपछि रेणु यादव शिवजीप्रति आक्रोशित भएकी थिइन् । नयाँ पत्रिका दैनिकबाट