२९ आश्विन २०८३, बिहिबार

बाहुनको सुचनामा दुई थान हतियार बरामद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

don-ramesh-bahunकाठमाडौं, १९ असार । ललितपुर तरुण दल सदस्य मीनकृष्ण महर्जनलाई ६ महिनाअघि गोली हान्न प्रयोग भएको हतियार प्रहरीले पक्राउ बरामद गरेको छ ।

एक साताअघि भारतको लखनऊबाट समातेर काठमाडौं ल्याइएका रमेश बाहुन भनिने सुजन पौडेलले दिएको बयानका आधारमा ललितपूर प्रहरीले लामाटारका छिरिङ लामाको बारीबाट बरामद गरेको हो ।

ललितपुर प्रहरी प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) पुष्पचन्द्र रञ्जितले हतियार चकलेटको बट्टा भित्र लुकाएर रुमालले बेरी जमिनमा खाल्डो खनेर गाडिएको अवश्थामा फेला परेको बताए ।

महर्जनमाथि टेण्डरमा कमिसन नदिएको भन्दै बाहुन समुहले गत माघ ४ गते उनकै घर अघि धापाखेलमा गोली हानेका थिए । महर्जन माथी गोली प्रहार गरेको र बाहुन समुहलाई सहयोग गरेको आरोपमा ४ जना यसअघि नै पक्राउ परिसकेका थिए ।

प्रहरीले अमेरिकन अटोमेटिक पेस्तोल दुई थान, गोली चार थान, खोका एक थान बरामद गरिएको छ । नेपाली सेनाको रेञ्जर गणका भगौडा पौडेललाई ज्यान मार्ने उद्योग र हातहतियार खरखजना र सम्पत्ति सुद्धिकरण मुद्धा चलाउने एसएसपी रञ्जितले बताए ।

घटनास्थलबाट दुई थान खोका, दुई थान बुलेट र २२० सि.सिको पल्सर मोटर साइकल बरामद गरेको थियो । घटना ताका बाहुनलाई आफ्नो सवारी साधन चढ्न दिने ललितपूरका मधुसुदन डोटेल, घटनास्थल र मीनकृष्णबारेमा सुचना दिने लेखराम महर्जन, संजय बानिया र छिरिङ्ग लामा यसअघि नै पक्राउ परिसकेका छन् । उनीहरु ज्यान मार्ने उद्योग र हातहतियार खरखजना मुद्धामा जिल्ला अदालत ललितपूरको आदेशमा थुनामा छन्  ।

सोही मुद्धाका अभियुक्त ठेचोका प्रकाश माली, धापाखेलका युवराज खडा र माधव बानिया, कोटेश्वरका दुर्गे, दुर्गा राई भन्ने दिवान राई, जावलाखेलका समिर के।सी, काभ्रेपलाञ्चोक भुम्लुसल्लेका पञ्च लामा र झापा महेशपुरका गंगा प्रसाद लिम्बु अझै फरार छन । कान्तिपुर दैनिकबाट