न्युयोर्क । अमेरिकामा रहेका नेपाली समुदायलाइ लक्षित गर्दै अमेरिकाको न्युयोर्कबाट पहिलो पटक नेपाली राष्ट्रिय च्यानलका साथमा नेपाली आइपि टिभी बक्स अमेरिकी बजारमा आएको छ ।
ह्वाइट हिमाल इन्टरटेन्टमेन्ट इंकले ह्वाइट हिमाल नेटवर्कको नामबाट यो बक्स बजारमा ल्याएको हो । न्युयोर्कमा पत्रकार भेटघाट कार्यक्रम गरी ह्वाइट हिमाल इन्टरटेन्टमेन्ट इंकले ह्वाइट हिमाल आइपि टिभी बक्सको बारेमा जानकारी दिएको हो ।
पत्रकार भेटघाट कार्यक्रममा संयुक्त राष्ट्रसंघका लागि नेपाली नियोगका उपप्रमुख सेवा लम्सालले आइपि टिभी बक्सको उद्घाटन गर्नुभएको थियो । ह्वाइट हिमाल नेटवर्क अमेरिकाको बजारमा बिभिन्न नेपाली राष्ट्रिय च्यानलहरु कान्तिपुर टेलिभिजन, नेपाल टेलिभिजन, ईमेज च्यानलका साथै हिन्दी र अन्तराष्ट्रिय च्यानलहरुका साथमा पहिलो नेपाली टेलिभिजन नेटवर्कको रुपमा नेपाली समुदायमा आएको हो ।
अमेरिकाका जुनसुकै राज्यमा पनि ह्वाइट हिमाल नेटवर्कको आइपिटीभी बक्स सजिलैसँग उपलब्ध गराउने ब्यबस्था समेत गरिएको छ । यो नेटवर्कबाट च्यानल हेर्नका निम्ति कुनै केबल नचाहिने भएका कारण पनि यो साह्रै नै सजिलो माध्यम भएको बताइएको छ । यसमा युट्युबबाट सिधै आफ्नो रोजाइको भिडियो हेर्न सकिन्छ भने यसबाट फेसबुक, ट्विटर जस्ता बिभिन्न सामाजिक संजालसँग सम्बन्धित वेभसाइटहरु पनि चलाउन सकिन्छ । यसका अतिरिक्त नेटफिल्क्स तथा अन्य बिभिन्न एप्लिकेशन पनि आइपिटीभी बक्समा उपलब्ध छन् र आवश्यकता अनुसार अन्य एप्लिकेशन पनि डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ । ह्वाइट हिमाल नेटवर्कको आइपिटीभी एन्ड्रोइड एप्लिकेशनमा आधारित भएर डिजाइन गरिएका कारण एन्ड्रोइडले सपोर्ट गर्ने कुनै पनि एन्ड्रोइड एप्लिकेशन पनि सजिलैसँग डाउनलोड गर्न सकिन्छ । यसका अतिरिक्त नेपालबाट प्रशारणमा आइरहेका बिभिन्न रेडियो पनि ह्वाईट हिमाल नेटवर्कमार्फत सुन्न सकिने ब्यवस्था रहेको छ ।
ह्वाईट हिमाल नेटवर्कले अमेरिकामा रहेका दर्शकहरुमाझ पुग्नको लागि बिभिन्न राज्यहरुमा चेतना मुलक कार्यक्रमहरु गर्दै अगाडि बढ्ने योजना रहेको जनाइएको छ । सन् २०११ को नोभेम्बरबाट चौबिसै घण्टा प्रशारण शुरु गरेको ह्वाईट हिमाल टेलिभिजन विगतका दिनमा अन्य नेटवर्क मार्फत प्रशारण भइरहेको थियो । तर बढ्दो नेपाली समुदायको आवश्यकतालाइ ध्यानमा राखेर पहिलो पटक बैधानिक रुपमा नेपाली राष्ट्रिय च्यानलहरु सहित ह्वाइट हिमाल इन्टरटेन्टमेन्टले आफ्नै नेपाली नेटवर्क ह्वाइट हिमाल नेटवर्क शुरु गरेको हो । सन् २०११ मा न्युयोर्कमा रहनुभएका व्यवसायी शान खड्का अध्यक्ष रहेको ह्वाईट हिमाल इन्टरटेन्ट्मेण्ट ईन्कले सन्चालन गरेको ह्वाईट हिमाल टेलिभिजनले विदेशमा बसेका नेपाली र मातृभुमि बीचको सम्बन्ध प्रगाढ बनाउंदै सूचना र मनोरन्जनका साथै अमेरिकामा नेपाली नेटवर्कको प्रवद्धन गर्ने उद्धेश्यका साथ नयां नेटवर्क सन्चालनमा ल्याएको हो ।
स्थापनाकालदेखि नै ह्वाईट हिमाल टेलिभिजन आफैले पनि नेपालको सुचना र गतिबिधी अमेरिकामा प्रबाह गरिरहेको भएता पनि अमेरिकामा रहेका दर्शकहरुलाई थप सूचना र मनोरन्जन प्रवाह गर्नुका साथै अमेरिकामा नेपाली च्यानलको प्रबद्र्धन गर्नु पनि नेटवर्कको उद्धेश्य रहेको जनाइएको छ ।














प्रतिक्रिया