२९ आश्विन २०८३, बिहिबार

बालाजुमा सिलिन्डर भर्न लाइन बसेकी श्रीमती पोइल गएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gass-Nepali
फाइल तस्वीर

काठमाडौं । खाना पकाउने एलपी ग्याँसको अभावमा नेपालीका घरमा चुल्हो नबलेको खबरसँगै अनेकौं मीठा–नमीठा घटना जन्मन थालेका छन् । ‘जाबो सिलिन्डर’ पनि खोज्न नसक्ने पतिको रिस फेर्न पत्नी खालि सिलिन्डर र तीन महिनाको गर्भसहित अर्कैसँग हिँडेकी छन् । इन्धन वितरणमा धक्काधक्की नचलोस भनेर सुरक्षार्थ तैनाथ प्रहरीलाई नै रुनु न हाँस्नु बनाउँदै बालाजुकी सोममाया तामाङ ग्यासको लाइनबाटै कात्तिक १८ गते अर्को झिल्केसँग हिँडिन् ।

‘बज्याले स्वास्नी त लग्यो लग्यो, ग्यासको खाली सिलिन्डरचाहिँ किन लानु परेको ? यो सिलिन्डर लगुञ्जेल प्रहरी के हेरेर बसेको ?’ बालाजु प्रहरी बृत्तमा सोममायाकी पति दाबी गर्ने एकजना तन्नेरी होहल्ला गर्न पुगे । विचरा प्रहरीसँग के उपाय होस् र सिलिन्डरसहित हिँडेकी अर्काकी पत्नी अगाडि उभ्याइदिने । होटल चलाएर गुजारा गर्दै आएका यो दम्पत्ती ग्याँस अभाव हुनुअघि सम्म निकै मिल्थे प्रहरीमा उजुरी गर्न पुग्दा सोममायाका श्रीमान् भन्दै थिए, ‘एकदिन ट्याक्सी ड्राइभरले हाफ सिलिन्डर ग्याँस ल्याइदिएपछि त्यसैले पूजा गरौंलाझै गर्थी, अन्तिममा त त्यहीसँग पो हिँडिछ,’ पति भन्छन्,‘श्रीमती चाहिएन, सिलिन्डर फर्काइदिए हुन्छ’ । (जनआस्था साप्ताहिकबाट)