३० आश्विन २०८३, शुक्रबार

भारतीय नाकाबन्दीविरुद्ध अमेरिकाका नेपालीहरु ह्वाइट हाउस जाने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Obama-White-Houseकाठमाडौं, २ मंसिर । भारतीय नाकाबन्दीविरुद्ध अमेरिकाका नेपाली एकजुट हुन थालेका छन् ।

यसैक्रममा आगामी २२ नोभेम्बरमा अमेरिकामा रहेका सबै नेपालीहरु अमेरिकी राष्ट्रपति बराक ओबामा कार्यालय ह्वाइट हाउस पुग्ने भएका छन् ।

भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीमा राष्ट्रपति ओबामाको ध्यानाकर्षण गराउन सम्पूर्ण नेपालीहरु ह्वाइट हाउस अगाडि प्रदर्शन गर्ने भएका हुन् ।

प्रवासी नेपाली मञ्च अमेरिकाका महासचिव प्रभु थापाले छिमेकी देश भारतले नेपालमा लगाएको अमानवीय नाकाबन्दीबिरुद्ध नेप्लिज अमेरिकनहरूको (अमेरिकामा रहेका सम्पूणं दाजुभाई दिदीवहिनीहरू र सबै नेपाली संघ(संस्थाहरूको संयुक्त) एउटै ब्यानर, एउटै झन्डा एउटै उद्घघोषका साथ २२ नोभेम्बर बिहान ११ः३० बजे देखि दिउँसो ३ बजे सम्म लाफायत पार्क (ह्वाईट हाउस अगाडि) विशाल प्रदर्शन गर्ने जानकारी दिनुभयो ।

उहाँले उक्त भारतीय नाकाबन्दी विरूद्धको विशाल एकेवद्धता प्रदर्शनीमा उपस्थित हुन अमेरिकाका सम्पूर्ण नेपालीलाई आग्रह समेत गरेका छन् ।