तम्घास (गुल्मी), १ मङ्सिर । गुल्मीको मजुवामा एकथान पेस्तोल र नौ राउण्ड गोलीसहित एक व्यक्तिलाई आज साँझ प्रहरीले पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेमा गुल्मी आँपचौर गाविस–१ निवासी २७ वर्षीय लालमणि गौतम रहेका छन् ।
बुटवलबाट बागलुङको बुर्तिवाङतर्फ जाँदै गरेको बसमा यात्रा गरिरहेका गौतमलाई विशेष सुराकीको आधारमा प्रहरीले खानतलासी गर्दा उनलाई तुराङ गाविसअन्तर्गत मजुवा बजारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र रेग्मीले बताउनुभयो ।
पक्राउ परेका गौतमलाई थप अनुसन्धानका लागि बुधबार बिहान सदरमुकाम तम्घास ल्याइने जिल्ला प्रहरी कार्यालय गुल्मीले बताएको छ । रासस















प्रतिक्रिया