काठमाडौं, १८ असार । नेकपा एमालेको नवौं महाधिवेशनका लागि वरिष्ठ नेता माधवकुमार नेपाल समूहको उम्मेदवारी घोषणा भएको छ ।
काठमाडौंको प्रज्ञा भवनमा बुधबार विशेष कार्यक्रम गरी नेता नेपालको टिम घोषणा गरिएको हो । अध्यक्षमा नेता नेपालको उम्मेदवारी यसअघि नै घोषणा भइसकेको थियो ।
नेता नेपालको टिमबाट उपाध्यक्षमा युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य र घनश्याम भुसालको नाम घोषणा भएको छ ।
यसैगरी, महासचिवमा सुरेन्द्र पाण्डेको उम्मेदवारी घोषणा गरिएको छ ।
यसैगरी, उपमहासचिवमा चर्चित युवा नेता गोकर्ण विष्ट र रघुजी पन्तको उम्मेदवारी घोषणा भएको छ ।
यसैगरी, सचिवमा योगेश भट्टराई, कृष्णगोपाल श्रेष्ठ, भीम आचार्य र परशुराम मेघी गुरुङ उम्मेदवार बन्ने भएका छन् ।















प्रतिक्रिया