१२ कार्तिक २०८३, बिहिबार

कान्तिमा रोगसँग संघर्षरत छ वर्षीय बालकको ज्यान जोगाउन यसरी हुँदैछ प्रयास ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Cansarकाठमाडौं, १ मंसिर । लामो समयदेखि रक्त क्यान्सरबाट पीडित ओखलढुंगा जिल्लाको वाक्सा गाविस वडा नं. ४ सेन्जुका छ वर्षीय शुवधन राईको उपचारको लागि झण्डै साढे दुई लाख रुपियाँ प्रदान गरिएको छ ।

महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा उपचाररत बालक राईलाई ओखलढुंगा क्षेत्र नं. २ का सांसद रामहरि खतिवडा तथा ओखलढुंगा सेवा समाज दक्षिण कोरियाका अध्यक्ष मानसिंह गुरुङले उक्त हस्तान्तरण गर्नुभएको हो ।

समाजका तर्फबाट गुरुङले दुई लाख २३ हजार र नेपाली कांग्रेस ओखलढुंगाको तर्फबाट सांसद खतिवडाले २० हजार नगद प्रदान गर्नुभएको छ ।

खगेन्द्र राई र यशोदा राईका दोस्रो सन्तान राईको उपचारमा अस्पतालका डा. प्रकाशनिधि तिवारीको टोली संलग्न छ ।

रकम हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस ओखलढुंगाका सभापति प्रदीप सुनुवार, नेता डिल्ली खनाल, कांग्रेस ओखलढुंगा–काठमाडौं सम्पर्क सम्पर्क समितिका अध्यक्ष प्रकाश दाहाललगायत सहभागी हुनुहुन्थ्यो ।