भद्रपुर, १ मङ्सिर । जिल्ला प्रहरी कार्यालय झापाले दसैँ तिहार लक्षित विशेष अभियान अन्तर्गत ९७ जुवाडेबाट रु २३ लाख ४२ हजार ८४१ नगद तथा विभिन्न कम्पनीका १२ थान मोबाइल फोन बरामद गरेको छ छ ।
प्रहरीको गत भदौ ३० गतेदेखि कात्तिक २७ सम्मको अपराध नियन्त्रण अभियानका क्रममा जुवाडेहरुलाई पक्राउ गरी कानुनी कारबाही चलाइएको झापा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिनुभयो ।
सार्वजनिक अपराध कानुनअनुसार जनही रु दुई हजारदेखि रु पाँच हजारसम्म जरिवाना गरी जुवाडेलाई प्रशासनले कारबाही गरेको बताइएको छ । रासस















प्रतिक्रिया