१२ कार्तिक २०८३, बिहिबार

चीनले यी कांग्रेसी नेताहरूलाई किन लग्यो तिब्बत ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shekhar Koiralaकाठमाडौं, १ मंसिर । मित्र राष्ट्र चीनको निमन्त्रणामा नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् सांसद डा.शेखर कोइरालाको नेतृत्वमा १५ सदस्यीय टोली तिब्बततर्फ प्रस्थान गरेको छ ।

कांग्रेस सांसद कोइरालाको नेतृत्वमा सो टोली आज (मंगलबार) तिब्बततर्फ प्रस्थान गरेको हो । भ्रमणको उद्देश्यका विषयमा केही बताइएको छैन ।

स्रोतका अनुसार उच्चस्तरीय भ्रमण टोलीमा डा.कोइरालाका साथै कांग्रेस केन्द्रीय सदस्य अजय चौरसिया, सांसद रोमी गौचन थकाली, कांग्रेसका बैकल्पीक केन्द्रीय सदस्य केशव सिंह, कांग्रेसका नेता सागर खनाल, नेपाली सेनाका पूर्व जर्नेल रतिन्द्र क्षेत्री, कानुन मन्त्रालयका पूर्व सचिव शंकरप्रसाद कोइराला, नेपाल प्रहरीका पूर्व डिआइजी नवराज ढकाल, सशस्त्र प्रहरीका डिआइजी कृष्णकुमार तामाङलगयत दश १५ जना छन् ।

एक हप्तासम्म चीनको स्वशासित क्षेत्र तिब्बतका विभिन्न स्थानको भ्रण गर्ने टोलीमा राजनीतिज्ञ, पूर्व प्रशासक सुरक्षा निकायका उच्च अधिकारीको पनि सहभागिता रहेको छ ।

भारतले नेपालविरुद्ध नाकाबन्दी लगाएर इन्धनलगायत दैनिक उपभोग्य सामाग्री आपूर्तिमा समस्या खडा गराइ रहेका बेला कांग्रेस नेता डा. कोइरालाको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल आज तिब्बत प्रस्थान गरको हो ।