तनहुँ, १८ असार । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ वगाले टोलमा मंगलबार राति पहिरोले पुरिएर एक बालिकाको मृत्युभएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारीअनुसार नरबहादुर श्रेष्ठकी १३ वर्षीया अमृता श्रेष्ठको मृत्युभएको हो । घरको भान्साकोठामा खाना पकाउँदै गरेको अवस्थामा माथिबाट आएको पहिरोले पुरेर उनको मृत्युभएको हो ।
















प्रतिक्रिया