काठमाडौँ, ३० कात्तिक । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पुराना नेता ईश्वरीप्रसाद पाण्डेको निधनप्रति समवेदना व्यक्त गर्नुभएको छ । आज उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा उहाँको निधन भएको हो ।
नवलपरासी जिल्ला कमिटीका पूर्व पार्टी प्रमुख (सचिव) तथा जिविसका पूर्व सभापति ७३ वर्षीय पाण्डे मिर्गौला रोगबाट पीडित हुनुहुन्थ्यो ।
महासचिव पोखरेलले आज एक वक्तव्य जारी गरी नेता पाण्डे नेपाली कम्युनिस्ट आन्दोलनका अथक योद्धा, प्रजातान्त्रिक आन्दोलनका निष्ठावान् सिपाही एवम् जनताको हृदयमा भिज्न सफल नेता भएको स्मरण गर्नुभएको छ ।
उहाँका श्रीमती, दुई छोरी तथा एक छोरा हुनुहुन्छ ।
श्रद्धान्जलिका लागि उहाँको पार्थिव शरीरलाई पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ ।
यसैबीच, पाण्डेलाई श्रद्धान्जलि दिन जिल्लाबाट निर्वाचित सभासद्सहित अन्य नेता काठमाडाँै जानुभएको समाचार नवलपरासीबाट प्राप्त भएको छ । रासस















प्रतिक्रिया