कञ्चनपुर, १८ असार । नेपाल राहत शिक्षक संघर्ष समिति कञ्चनपुरले बुधबारदेखि अनिश्चितकालीन रूपमा विद्यालय बन्दको घोषणा गरेको छ ।
चालु शैक्षिकसत्रको तेस्रो चौमासिकको तलब भत्ता निकासा नगरेको भन्दै समितिले विद्यालय बन्दको घोषणा गरेको हो ।
वैशाख २२ गते शिक्षा मन्त्रालय र संघर्ष समितिबीच तेस्रो चौमासिकको तलब भत्ता उपलब्ध गराउने सहमति भए पनि कार्यान्वयन नहँुदा संघर्षमा उत्रिनु परेको समितिका अध्यक्ष नवीन सिं धामीले बताउनुभयो । जिल्ला शिक्षा कार्यालयमा समेत आजैदेखि धर्ना दिइने उहाँले बताउनुभयो ।
















प्रतिक्रिया