१२ कार्तिक २०८३, बिहिबार

सवारी दुर्घटनामा परी एकको मृत्यु, एक गम्भीर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

parsa_districtपर्सा, ३० कात्तिक । पर्साको विरुवागुठी गाविसमा आज बिहान भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ ।

गाविस–१ मा पर्ने आमोदेवी मन्दिर नजिकै बिहान ना४त १००४ नम्बरको ट्याक्टर पल्टिँदा पर्साको बहुवरिपिडारी गाविस–३ निवासी ३० वर्षीय ट्याक्टर चालक छोटेलाल यादवको मृत्यु भएको हो ।

बहुवरीबाट धान लोड गरी बाराको जितपुर आउने क्रममा ट्याक्टर अनियन्त्रित भई पल्टिँदा चालक यादवको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । मृतक यादवको शव परीक्षणका लागि वीरगन्ज ल्याउने तयारी भइरहेको प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताउनु भयो ।

यसैबीच गएराति वीरगन्जको दशगज्जा क्षेत्रमा ट्रकले ठक्कर दिँदा एक वृद्ध गम्भीर घाइते भएका छन् । वीरगन्जको सीमावर्ती सहर रक्सौलबाट खरिद गरेको डिजल लिएर फर्किंदै गरेको ना४ख ८५२३ नम्बरको ट्रकलाई मितेरी पुल नजिकै रोक्न खोज्दा ट्रकले ठक्कर दिँदा वीरगन्ज उपमहानगरपालिका–१९ नगवा निवासी ५० वर्षीय शर्माराय यादव घाइते भएको उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । रासस