३० आश्विन २०८३, शुक्रबार

युएईमा दीपावलीका अवसरमा बनभोज तथा शुभकामना आदानप्रदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

received_1073238526040161दुबई । नेपालीहरुको महान पर्व दीपावलीको अबसरमा प्रवासी हातेमालो बचत तथा ऋण सहकारी संस्थाले बनभोज तथा शुभकामना आदान प्रदान विभिन्न कार्यक्रमको साथ सम्पन्न भएको छ ।

गत बिहीबार दुबईको अति रमणीयस्थल जाबेल पार्कमा युसीस कम्पनीमा कार्यरत ९० भन्दामाथि दाजुभाई तथा दिदीबहिनीहरुको उपस्थितिमा विभिन्न नेपाली परिकार खानको साथमा देउसी भैलो र अन्य मनोरन्जात्मक कार्यक्रम गगरिएको हो ।

संस्थाका अध्यक्ष रामकुमार चाम्लिङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली ब्यावसायी फिस्टेल ट्राभल एंड टुरिजमका संचालक सूर्य गिरी अतिथि रहनु भएको थियो ।

कार्यक्रममा अध्यक्ष रामकुमार चाम्लिङ तथा राहत तथा उद्दार कोषका कोषाध्यक्ष मीनबहादुर चौधरीले आआफ्नो धारणा राख्दै शुभकामना मन्तब्य दिएका थिए ।