१२ कार्तिक २०८३, बिहिबार

माओवादीको महासचिव हुँ भनी चन्दा उठाउने पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Description: C:\Users\Pillar-5\Desktop\Shambhu prasad joshi.jpgShambu--Parsad-joshiकाठमाडौँ, ३० कात्तिक । माओवादीको नाममा व्यापारीबाट चन्दा उठाउने कार्यमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

नेकपा (माओवादी) को महासचिव भरतप्रसाद दाहाल हुँ भनी उक्त पार्टीको नक्कली लेटरप्याड प्रयोग गरी ठगी गर्ने बाग्लुङ जिल्लाको भेप्से घर भई हाल काठमाडौँ वानेश्वर बस्ने २६ वर्षीय शम्भुप्रसाद जोशीलाई प्रहरीको अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले हालै पक्राउ गरेको हो ।

केही दिनअघि पक्राउ गरिएका अभियुक्त जोशीलाई आवश्यक कारबाहीका लागि आज महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।

अभियुक्त जोशीले काठमाडौँका दर्जनौँ उद्योगी तथा व्यवसायीलाई फोनमा धम्की दिई नगद असुल गर्ने गरेको प्रहरीले जनाएको छ । रासस