२९ आश्विन २०८३, बिहिबार

सिंहदरबारको ग्‍यालरी बैठक अब संग्रहालय बन्‍ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Samsad Puranoकाठमाडौं, १८ असार । २००४ सालको वैधानिक कानुनपछि भारदारीसभा र राष्ट्रियसभाको बैठक बसेको सिंहदरबारस्थित ग्यालरी बैठकलाई सरकारले ुसंसद् संग्रहालयु बनाउने भएको छ। उक्त ग्यालरी बैठकमा राष्ट्रिय पञ्‍चायत र बहुदल आएपछि प्रतिनिधिसभाको बैठक बसेको थियो।

सार्क सम्मेलनका लागि मर्मतसम्भार हुँदै गरेको उक्त भवन आफैंमा संग्रहालयको अंग हुनेछ। कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्यले भने, ‘२००४ सालको वैधानिक कानुनले व्यवस्था गरेको भारदारीसभा र राष्ट्रियसभाका बैठक पनि त्यही भवनमा भएको रहेछ। त्यसैले संग्रहालय बनाउन खोजिएको हो।’

जंगबहादुरले आफू शक्तिमा आएपछि भारदारी सभा आयोजना गरी १३ वटा आरोप लगाई तत्कालीन राजा राजेन्द्रलाई हटाएर छोरा सुरेन्द्रलाई गद्दीमा राखेका थिए।

त्यतिबेलादेखि अहिलेसम्म देशले विभिन्न विधायकी अभ्यास गरेको छ। यी अभ्याससम्बन्धी दस्ताबेज, तस्बिर र भौतिक सामग्री संग्रहालयमा राखिनेछ। अघिल्ला संसद्ले गरेका निर्णयका कागत तथा विद्युतीय प्रतिसमेत संग्रहालयमा रहनेछन्।

सरकारले हालै प्रस्तुत गरेको नीति तथा कार्यक्रमअनुसार नयाँ संसद् भवन सिंहदरबार परिसरकै पुतलीबगैचामा बन्ने भएपछि ग्यालरी बैठक संग्रहालय बन्नेछ। अन्नपूर्ण पोष्ट दैनिकबाट