१२ कार्तिक २०८३, बिहिबार

नुवाकोटमा ट्रक दुर्घटना, १५ जना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nuwakot_mapनुवाकोट, २९ कात्तिक । नुवाकोटको चारघरे गाविस–९ गौरीबेसीमा आज भएको ट्रक दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालहरुमा अहिले उपचार भइरहेको छ ।

ना ५ ख १३७ नम्बरको १० चक्के ट्रक दुर्घटना हुँदा १५ जना घाइते भएका हुन् । घाइते हुनेहरुमा ३० वर्षीय कल्पना राई, ४५ वर्षीय हरि राई, ८ वर्षीय सन्देश राई, ६ वर्षीय मिसन राई, ५ वर्षीय शक्तिमान राई, ३३ वर्षीय राजकुमार राई, २७ वर्षीय सुनिता राई, ३० वर्षीय गणेश राई, ५५ वर्षीय फुलमाया राई, ३० वर्षीय निर्मला राई, ६४ वर्षीय तुलबहादुर राई, १९ वर्षीय रमेश राई, २७ वर्षीय राम राई र ट्रक चालक ४० वर्षीय होमबहादुर राई रहेका छन् ।

घाइतेहरुको नुवाकोट सिटी हस्पिटल एण्ड रिसर्च सेन्टर विदुर र सञ्जिवनी अस्पताल बट्टारमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । ट्रकमा रहेका १५ जना सबै चारघरे गाविस वडा नम्बर ९ गौरीबेसी राई गाउँका बासिन्दा छन् ।

गाउँका लागि रासायनिक मल बोकेर गाउँ जाँदै गरेको ट्रक सडकबाट ५० फिट तल खसेको प्रहरी निरिक्षक प्रद्युम्न अधिकारीले जनाकारी दिनुभएको छ । रासस