१२ कार्तिक २०८३, बिहिबार

झापामा पनि गठन भयो बाबुरामको ‘नयाँ शक्ति’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-bhattraiकाँकडभिट्टा (झापा), २९ कात्तिक । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको ‘नयाँ शक्ति निर्माण अभियान’ अन्तर्गत झापामा पहिलोपटक आज मेचीनगरमा २७ सदस्यीय समिति गठन भएको छ ।

पुष्प पौडेलको संयोजकत्वमा गठन भएको समितिको सहसंयोजकमा उत्तम भण्डारी र सदस्यहरुमा वीरबहादुर श्रेष्ठ, चन्द्रजीत राई, गोकुल हुमागाई, कमला पराजुली, टीका बनियाँलगायत रहेका छन् ।

नयाँ शक्ति निर्माण अभियानले झापाका सबै नगरपालिका र गाविसहरुमा समिति गठन गर्न छलफल चलाइरहेको संयोजक पौडेलले बताउनुभएको छ ।

यसअघि बाबुरामको नयाँ शक्ति गृह जिल्ला गोरखामा गठन भइसकेको छ । रासस