१२ कार्तिक २०८३, बिहिबार

भ्रुण हत्या न्यूनीकरण गर्न सचेतनामूलक शिलालेख

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhurun-Hatyaविराटनगर, २९ कात्तिक । लैङ्गिक विभेदका कारण हुने भ्रुण हत्या न्यूनीकरण गर्ने उद्देश्यले विराटनगरमा सचेतनामूलक शिलालेख राखिएको छ ।

जैन धर्मालम्बीको धार्मिक संस्था तेरापन्थ महिलामण्डल विराटनगरको अगुवाइमा देवकोटा चोक, शनिहाट र विमानस्थल क्षेत्रमा राखिएको शिलालेखको जैन धर्मगुरु आचार्य महाश्रमणको उपस्थितिमा आजसमाजसेवी सरोज दुगडले अनावरण गर्नुभयो ।

सो अवसरमा सांसद राजलक्ष्मी गोल्छाले लैङ्गिक विभेदका आधारमा हुने भ्रुण हत्या न्यूनीकरण गर्न देशभरि नै यस प्रकारका शिलालेख राखिने जानकारी दिनुभयो ।

आचार्य महाश्रमणले आपूm अहिंसा र शान्तिको नारा बोकेर चार्तुमासा कार्यक्रममा सहभागी भइरहेको अवस्थामा यस प्रकारका कार्यक्रमले आफ्नो अभियानलाई थप सकारात्मक दिशातर्फ डो¥याएको विश्वास व्यक्त गर्नुभयो ।

आयोजक संस्थाका अध्यक्ष सुशीला गोल्छाले यस प्रकारका शिलालेखको माध्यमबाट समाजमा सन्देश प्रवाह हुने र भ्रुणहत्या न्यूनीकरण हुने विश्वास व्यक्त गर्नुभयो । रासस