२९ आश्विन २०८३, बिहिबार

एमालेलाई रोबोटले ‘अन’ गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-9th-Congress-Logo-600x351काठमाडौं, १८ असार । राजनीतिक दल मात्र होइन, भ्रातृ–भगिनी र वर्गीय संगठनका विभिन्न सम्मेलन, भेला र अधिवेशन आउनु महिनादिन अघि नै सहरबजारका भित्ता पोस्टर, ब्यानरले छोपिन्थे, विभिन्न नाराले पोतिन्थे।

नेताहरुका तस्बिर अंकित पोस्टर र नारा पोतिएका भित्ता कार्यक्रमपछि सफा गर्न कसैले चासो नदिँदा लामो समयसम्म सहर नै बिरुप बनिरहन्थ्यो। कान खाने माइकिङ निरन्तर सुनिन्थ्यो।

एमालेको नवौं महाधिवेशनको संघारमा भने सहरको रुप बिग्रिएको छैन। त्यसो भनेर महाधिवेशनजस्तो पार्टीको मुख्य गतिविधि प्रचारप्रसारविहीन बनाइएको पनि होइन।

सहरका भित्ताको ठाउँ सामाजिक सञ्जाल फेसबुक, ट्विटरलगायतले लिएको छ भने भोट माग्न मोबाइलमा सिआरबिटी जिङ्गल राखिएको छ। सहरको सुन्दरताप्रति ख्याल गर्दै एमालेले महाधिवेशनमा भित्ता नपोत्ने निर्णय गरेकाले महाधिवेशनका नारा र एजेन्डा मात्र होइन, नेतृत्व आकांक्षीका तस्बिर, प्रोफाइल र अन्य प्रचार सामग्री फेसबुकभरि भेटिन्छन्। नेता–कार्यकर्तालाई फोन गर्यो् कि उनीहरुका मनपर्ने नेतालाई भोट मागेको रिङ टोन बजिहाल्छ।

अध्यक्षसहितका केन्द्रीय नेताहरु फेसबुक, एसएमएस र अडियो जिङ्गलसमेत बनाएर प्रचारमा लागेका छन्।

‘महाधिवेशनलाई उच्चप्रविधियुक्त (हाइटेक) बनाउने निर्णयअनुसार काम भइरहेको छ’, मूल व्यवस्थापन समितिका सचिव विष्णु रिमालले मंगलबार  भने, ‘महाधिवेशन उद्घाटन रोबोटले रोचक किसिमले गर्नेछ।’ नागरिक दैनिकबाट