१ कार्तिक २०८३, शनिबार

मधेसी मोर्चाले ‘नाकाबन्दी’को रहस्य बल्ल खोल्यो, नाकाबन्दी खोल्न भारतसँगै कुरा गर्नुस्

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Upendraकाठमाडौं, २९ कात्तिक । शनिबार मधेसी मोर्चाका नेताहरू कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा लस्कर लागेर पुगे । त्यहाँ लामो वार्ता पनि भयो । वार्ताका क्रममा कांग्रेस र मधेसी मोर्चाका नेताहरू मज्जाले घोँचपेच पनि भए ।

कांग्रेस सत्ताबाट बाहिरिएपछि पहिलो पटक मधेसी मोर्चाका माग र आन्दोलनका विषयमा मोर्चासँग पहिलो पटक औपचारिक वार्ता गरेको हो ।

वार्ताका क्रममा सवाल जवाफ हुनु स्वभाविक थियो । बैठक चलिरहेका बेला कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले मधेसी मोर्चासँग नाकाबन्दी फिर्ता लिएर जनतालाई दुःख नदिने आग्रह गर्नुभयो ।

देउवाको आग्रह सक्किन नपाउँदै मधेसी मोर्चाका नेता तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ठट्यौली शैलीमा भन्नुभयो, ‘नाकाबन्दी हामीले कहाँ गरेका छौँ र ? कुन नाकामा अवरोध गरेका छौँ । भारतसँगै कुरा गर्नुस् नाकाबन्दी खोल्ने विषयमा । हामीसँग त्यो कुरा नगरौँ ।’ यादवले नाकाबन्दी आफूहरूले भन्दा पनि भारतीय पक्षले गरेको भनाइ थियो ।

उपेन्द्र यादवको यस्तो जवाफ आएपछि एकछिन कांग्रेस नेताहरूले मुखामुख गरे । उनीहरूले फेरि मधेसी मोर्चासँग भने आन्दोलनले जनतालाई धेरै दुःख दिएको भन्दै मागलाई राजनीतिक रुपमा सदन र सडकबाट शान्तिपूर्ण रुपमा दबाव दिँदा त्यो बढी फाइदा हुने बताएका थिए ।

अध्यक्ष यादवले सरकारले कुटनीतिक पहलबाट नाकाबन्दी खोल्न कमल थापालाई भारत पठाएको प्रशङ्ग कोट्याउँदै व्याङ्ग्यसमेत गर्नुभएको थियो ।

तर मधेसी मोर्चाका नेताहरूले आफूहरू सिमाङ्कनको विषयमा अडिग रहेको भन्दै सो विषयमा स्पष्ट हुन कांग्रेसलाई आग्रह गरेका थिए ।

कांग्रेसले सिमाङ्कनको विषय जटिल रहेकाले यसलाई अहिल्यै नै समाधान गर्न नसकिने र राजनीतिक सहमति आवश्यक पर्ने जवाफ दिएको स्रोतको भनाइ छ ।