बुटवल, १७ असार । सिकारु व्यक्तिले चलाएको विद्युतीय रिक्सा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
पाल्पाको सिद्धबाबामा मंगलबार दिउँसो भएको उक्त दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार सिद्धबाबा मन्दिर पूजा गर्न जाँदै गरेको विद्युतीय रिक्सा दुर्घटना हुँदा गुल्मी लिम्घा घर भई बुटवल–६, लक्ष्मीनगर बस्ने ६५ वर्षीया हीरा ज्ञवाली, सोही स्थानका ३६ वर्षका पीताम्बर ज्ञवाली र आन्दाजी ४० वर्षकी एक महिलाको मृत्यु भएको छ ।
घटनामा तीन जना गम्भीर घाइते भएका छन् । लुम्बिनी अञ्चल अस्पताल बुटवलले गम्भीर घाइते छ वर्षीय सुमन ज्ञवालीलाई भरतपुर सिफारिस गरेको छ । बुटवल–१३ देवीनगरकी ३३ वर्षीय भगवती रायमाझी, मुना गाहामगरको बुटवलमै उपचार भइरहको छ ।
बुटवलमा विद्युतीय रिक्सा दर्ता गरेर सञ्चालन नगरे पनि उक्त रिक्सा मन्दिरमा पूजा गर्न भन्दै सिकारु व्यतिmले चलाएका थिए ।
















प्रतिक्रिया