३० आश्विन २०८३, शुक्रबार

क्यालिफोर्नियामा म्हः पूजा तथा नेपाल सम्बत मनाइयो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– उपेन्द्र सापकोटा

अमेरिका, क्यालिफोर्निया । नेवाः अर्गनाइजेशन साउदर्न क्यालिफोर्निया च्याप्टरले म्हः (आत्म) पूजाको आयोजना गरेको छ । म्हः पूजा अर्थात् स्वयम् पूजा गर्ने प्रथा नेवारी समुदायको ठुलो पर्व हो ।

नेवारी भाषामा म्हःको अर्थ शरीर भएकोले म्हः पूजालाई शरीर पूजा पनि भनिन्छ । यस दिन परिवारको प्रत्येक सदस्यलाई घरमूलीले पूजा गर्ने चलन छ ।

संसारमा सबैभन्दा ठुलो आत्मा हो, आत्मा सन्तुष्ट भए देवता खुसी हुने र सबै काम फलिफाप हुनाका साथै जीवन पनि सार्थक हुने विश्वासका साथ यो पूजा गरिँदै आएको धार्मिक मान्यता पाइन्छ ।

प्रवासमा नेपाली कला संस्कृतको जगेर्ना गर्दै भावी पुस्तालाई समेत आफ्नो संस्कृति प्रति सु(सूचित गराउने उद्द्देस्यका साथ संस्थाको स्थापना देखि नै म्हः पूजाको आयोजना गर्दै आइरहेको संस्थाका महासचिव बिमल श्रेष्ठले बताउनु भयो ।

एनआरएन आईसिसिका पूर्व सदस्य राजेन्द्र शिवाकोटीले नेवारी समुदायले मनाउने परम्परा अमेरिकामा सबैले सामूहिक रूपमा म्हःपूजा गरेको देख्न पाउँदा आफूलाई सारै खुसी लागेको र यो संस्कार नेपालमा समेत देख्न पाएमा आफू अझ खुसी हुने बताउनुभयो ।

अमेरिकामा दशैँ,तिहार, दिपावली, बुद्द जयन्ती जस्ता कार्यक्रमहरु सम्पूर्ण नेपालीहरुले सामुहिक रुपमा गरेको देख्न पाउँदा खुशीको अनुभूति आएको प्रतिक्रिया सभागीहरुले दिइरहेका थिए ।

लस एन्जल्समा भएको यस कार्यक्रममा दुईसय भन्दा बढी व्यक्तिहरूले नेवारी संस्कृति अनुसार म्हः पूजा गरेका थिए ।

कार्यक्रममा नेवारी खानाको समेत व्यवस्था गर्दा अमेरिकामा बसेर पनि नेपालको नेवारी भोजमा बसेको अनुभूति गर्न पाउदा आफुहरुलाई सारै खुसी लागेको सहभागीहरुले बताइरहेका थिए ।

m8 m11 m12 m13