– रामप्रसाद ढुंगेल
दुबई । वैदेशिक रोजगारीको सिलसिलामा यूएई आएका झापालीहरू संगठित भएका छन् । झापालीबीच एकता, सहकार्य र सहयोगका साथै झापाको सामाजिक, आर्थिक तथा समग्र विकासमा सहयोग गर्ने उदेश्य लिएर झापाली समाज यूएई गठन भएको हो ।
नवगठित झापाली समाज यूएईका अध्यक्ष विकास उप्रेतीले यूएईभरि रहेका झापालीबीच भाइचारा कायम गर्दै विपतमा एक भई काम गर्न झापालीहरु एकताबद्ध हुनु आवश्यक भएका कारण समाज गठन गरेको जानकारी दिएका छन् ।
यसपालिको तिहारको भाइटीकाको दिन दुबईको जाबिल पार्कमा आयोजित झापाली भेलाले एक तदर्थ समिति गठन गर्नुका साथै ५ सदस्यीय सल्लाहकार समिति र तीन सदस्यीय विधान निर्माण समितिपनि गठन गरेको छ ।
नवगठित समितिमा व्यावसायी मोहन सिवाकोटी र रोशन पनेरु दुईजना उपाध्यक्षका रुपमा चयन भएका छन् । सचिवमा सुरज अधिकारी, कोषाध्यक्षमा टेकनाथ अधिकारी, सहकोषाध्यक्षमा अम्बिका सुवेदी सर्वसम्मत चयन भएका छन् ।
विविन्न क्षेत्रलाई समेट्दै दुर्गाप्रसाद सापकोटा, सुरेश उप्रेती, राधिका, सिटौला, दिनेश नेपाल, विराज राजवंशी, सुवासचन्द्र भारती, नेत्र खड्का, डिल्ली खतिवडा, हरि कट्वाल नवगठित समितिको सदस्यका रुपमा चयन भएका छन् ।
उक्त भेलाले यूएईको सामाजिक तथा सागठनिक, व्यावसायिक तथा पत्रकारितामा ख्याति कमाएका ५ जनालाई सल्लाहकार समितिमा सर्वसम्मत चयन गरेको छ ।
यूएईको सामाजिक जीवनमा परिचित हेमन्त पौडेलको संयोजकत्वमा १७ वर्षदेखि यूएईमा रही व्यक्तिगत रुपमा समाजसेवा गरिरहेका झापा दमकका रमेश अधिकारी, व्यावसायी मोती राई, पत्रकारहरु मेघराज सापकोटा र त्रिलोचन कोइराला यस झापाली समाज, यूएईको सल्लाहकार तथा संरक्षकका रुपमा रहेका छन् ।
भेलाले समाजको प्रवत्तलामा राम ढुंगेललाई चयन गरेको छ ।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष तथा सल्लाहकार त्रिलोचन कोइरालाको संयोजकत्वमा ३ सदस्यीय विधान निर्माण समिति पनि गठन गरिएको छ ।
उक्त समितिमा मेघराज सापकोटा र सुरज अधिकारी रहेका छन् ।
उक्त भेलाले यूएईमा कार्यरत सम्पूर्ण झापालीहरुलाई एकताबद्ध भई सहकार्य गर्नका लागि आह्वान गरेको छ ।
यूएईमा कार्यरत चार लाख नेपालीहरु मध्ये चालिस हजारभन्दा बढी झापालीहरु साधारणदेखि उच्च पदमा काम गरिरहेका र केहीले व्यावसाय पनि गरिरहेका छन् ।
विभाजित झापाली शक्तिलाई एकत्रित गरी झापाको पहिचानलाई उच्च राख्न प्रयत्न गर्ने नवगठित अध्यक्ष विकास उप्रेतीले बताएका छन् ।



















प्रतिक्रिया