१२ कार्तिक २०८३, बिहिबार

एमालेद्वारा वीरगन्ज पार्टी कार्यालयमा भएको आक्रमणप्रति भत्र्सना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौँ, २८ कात्तिक । वीरगन्जस्थित आफ्नो पार्टी कार्यालयमा भएको आक्रमणप्रति नेकपा (एमाले) ले निन्दा र भत्र्सना गरेको छ ।

आन्दोलनका नाममा योजनाबद्ध रूपमा पार्टी कार्यालयमा आक्रमण गरिएको भन्दै एमालेले कार्यालयमा भएको तोडफोड र आगजनीमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न समेत माग गरेको छ ।

“शान्तिपूर्ण आन्दोलनबाट आफ्ना माग राख्न सकिने प्रशस्त बाटा हुँदाहुँदै अपराधीका ढङ्गबाट गतिविधि सञ्चालन गर्नु गैरराजीतिक हर्कत हो”–एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख तथा सचिव योगेश भट्टराईद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । रासस