३० आश्विन २०८३, शुक्रबार

नेपालीहरूले साउदीमा दीपावली साँझ मनाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– एनपी प्रधान

साउदी अरब । नेपालीहरूको दोश्रो ठूलो पर्व तिहारको पावन अवसरमा साउदीको जुबेलस्थित ओल्यान डिस्कोन क्याम्पमा शुक्रबार प्रवासी नेपालीहरूले बिबिध कार्यक्रम सहित हर्षोल्लासका साथ दीपावली मनाएका छन् ।

प्रवासी नेपाली सेवा समाज साउदी अरेबियाको आयोजनामा बिबिध कार्यक्रम सहित शुभकामना आदान प्रदान तथा दीपावली साँझ सम्पन्न गरिएको हो । नेपालीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा एकआपसमा शुभकामना आदानप्रदान गर्नुका साथै दीपावलीको दीप प्रज्वलन गरिएको थियो ।

सो अवसरमा शुभकामना मन्तब्य ब्यक्त गर्दै कार्यबाहक राजदूत आनन्दप्रसाद शर्माले प्रवासी मुलुकमा आयोजना हुने यस्ता खालका रचनात्मक कार्यक्रमले नेपाली नेपालीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने र एकताको सुत्रमा बाध्न मद्दत पूग्ने बताउनुभयो ।

कार्यक्रम संयोजक राजन काफ्रीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गैर आवासिय नेपाली संघ साउदीका महासचिव तेजबहादुर थापा, नेपाल ट्रेड यूनियन महासंघ जिफन्टका राज तामाङ्, प्रवासी नेपाली सेवा समाजका अजय बि.क., प्रवासी एकता समाजका अनन्त सुब्बा, प्रवासी नेपाली मञ्चका बिल्टु मुखिया, मिथिला एकता समाजका मनोजकुमार ठाकुर, स्याङ्जा सहयोग समाजका रोशन श्रेष्ठ, दलित एकता सञ्जालका बुद्धिमान बिश्वकर्मालगायतले बोलेका थिए ।

jubail jubail2