दोहा । नेवारी सस्कृति तथा परम्परा जगेर्ना गर्ने नेवा पुचः कतारले भब्य कार्यक्रमको आयोजना गरी म्हः पूजा कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा नेपाल सरकारबाट घोषित नेपालको राष्ट्रिय सम्बत ११३६ स्रुरुवातसंगै तथा शुभ दीपावलीको पनि शुभकामना आदान प्रदान गरिएको थियो ।
उद्घाटन संगै राष्ट्रिय गानबाट सुरु गरिएको कार्यक्रममा सम्पूर्ण नेवारी सस्कृति झल्काउने परिवेश, नेवारी पोशाकमा सजिएर पुचका उपाध्यक्ष राजेस महर्जनले सम्पूर्ण आमन्त्रित पाहुनाहरुलाई स्वागत गर्नुभयो । उहाँले मन्तब्य दिंदा पुचका प्रमुख सल्लाहकार किशोर महर्जनले कतारमा सस्थाको आजसम्मको यात्राबारेमा खुलाएका थिए ।
पुचका सल्लाकार प्रमोद श्रेष्ठले नेपाल सम्बत तथा म्ह पूजाको बारेमा प्रष्ट परेका थिए ।
सबैभन्दा पुरानो संस्कृति बोकेको नेपालको नेवारी परम्पराको सम्मान गर्दै शुभकामना मन्तब्य समाजसेवी आरके शर्माले राखेका थिए ।
जनजाति महासंघका अध्यक्ष सियाराम चौधरीले मातृ संस्थामध्य सबैभन्दा अगाडि रहेको फरक संस्कृति बोकेको सदैब प्रगतिको कामना गर्दै आफ्नो मन्तब्य राखेका थिए ।
“कलाबाट सान बन्छ, सानबाट संस्कृति अनि सस्कृतिबाट परम्परा” बन्ने उखानको सहारामा आफ्नो शुभकामना मन्तब्यको यात्रा गरेका प्रमुख अतिथिमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष भुवन भट्ट पहिलो पटक कतारमा यस्तो कार्यक्रम सरिक हुन पाउदा खुशी ब्यक्त गरेका थिए ।
कार्यक्रमको अध्यक्षता पुचःका अध्यक्ष उपेन रत्न शाक्यले गरेका थिए । साथै प्रमुख अतिथिमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष भुवन भट्ट रहेका थिए ।
बिशेष अतिथिहरुमा एनआरएन कतारका अध्यक्ष मक्सुद आलम, नेवा पुचः कतारका संरक्षक डा देवकाजी डंगोल, नेपाल प्रवासी आदिवासी जनजाती महासंघ, कतारका अध्यक्ष सियाराम ब्यबसायी आरके शर्मा, नेवा पुचः कतारका प्रमुख सल्लाहकार किशोर महर्जन, सल्लाकार तथा बुद्दिजीवी नेवा पुचः कतार प्रमोद श्रेष्ठ थिए ।
अतिथिहरुमा महिला समाजकी रेखा राई र सम्पूर्ण मातृ सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्तिथी रहेको थियो । कार्यक्रम संचालन दिलकुमार श्रेष्ठले गरेका थिए ।


















प्रतिक्रिया