२९ आश्विन २०८३, बिहिबार

काँग्रेस नेता बमको अन्तिम संस्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Congress

धनगढी, १७ असार । नेपाली काँँग्रेसका नेता एवम् धनगढी नगरपालिकाका पूर्व प्रमुख किशोरकुमार बमको आज स्थानीय मोहना नदीमा अन्तिम संस्कार गरिएको छ ।

बमको पार्थिव शरीरमा श्रद्धाञ्जलि व्यक्त गर्न मोहना नदी घाटमा काँग्रेसका नेता, कार्यकर्ता, अन्य पार्टीका कार्यकर्ता एवम् सर्वसाधारणको ठूलो सङ्ख्यामा उपस्थिति रहेको थियो ।

यसअघि स्व बमको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि यहाँस्थित पार्टी कार्यालयमा राखिएको थियो । उहाँको पार्थिव शरीरमा नेकाका जिल्ला सभापति नरनारायण साह र सभासद् पुस्करनाथ ओझाले पार्टीको झण्डा ओढाउनुभएको थियो ।

हृदयघातका कारण बमको कोहलपुर मेडिकल कलेजमा आज बिहान निधन भएको थियो । उच्च रक्तचापपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । ५१ वर्षीय बमका आमा, श्रीमती र दुई छोरा हुनुहुन्छ ।

कैलालीमा लोकप्रिय नेताका रुपमा चिनिनुभएका बमको निधनले जिल्लावासीलाई नै शोकमग्न बनाएको छ ।

विसं २०३६ देखि नेवि सङ्घमार्फत काँग्रेसको राजनीतिमा लाग्नुभएका बमले प्रजातन्त्र स्थापनाका लागि भएका अन्दोलनमा कैलालीमा बसेर नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।

यसक्रममा उहाँ पटकपटक जेलसमेत पर्नुभएको थियो । बमको निधनको शोकमा आज यहाँका विद्यालयसमेत बन्द भएका छन् । रासस