२९ आश्विन २०८३, बिहिबार

लगानीको वाताबरण भए हामी भोको मर्दैनौं

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ishwar saudनेपालको राजनीतिक अस्थिरता र त्यसैको फाईदा उठाउदै भारतले गरेको अघोषित नाका वन्दिका कारण नेपाली नागरिकहरुले दुःख पाइरहेका छन् । लामो समयपछि नेपाली नागरिकहरुले बनाएको आफ्ना संविधान जारी गरेको विषयलाई लिएर भारतले नाकामा अवरोध पुगाईरहेको छ । नाकामा भएको अवरोधका कारण नेपाली नागरिकलाई चाहिने उपभोग्य सामानहरु पाउन गाह्रो भएको छ । तर नेपाल सरकार र नेपालका केही नेताहरुले यस विषयलाई गम्भीर रुपमा लिएको देखिदैन । यति सम्मकी भारतले नाकावन्दि ग¥यो समेत भन्न नसक्ने अवस्थामा पुगेका छन् । यसले गर्दा हाम्रो राष्ट्रियता खतरामा पर्ने देखिन्छ ।

हामीले भारतले यो दिएन त्यो दिएन भन्नु भन्दा पनि आफ्नो देश भित्रको स्रोत साधानको सदुपयोग गरेर उत्पादन बढाउन जरुरी छ । हामीसंग सबै चिजवस्तु छ । त्यसलाई सदुपयोग गरेर त्यसबाट आम्दानी लिने सक्ने सरकारी नीतिको अभावका कारण हामी पछाडी परेको हो । अर्को देशसंग निर्भर भएर बाच्नु परेको हो । त्यसैको फाईदा उठाएर अहिले भारतले हामीलाई दुःख दिइरहेको छ । त्यसकारण अव हामी नेपाली जागरिला बन्नुपर्छ ।

नेपालमाथि नाकाबन्दी रेर नेपालका विभिन्न स्थानमा आफ्नो अधिपत्य जमाउने दाउमा भारत छ । भारतको विस्तारवाद नीतिका कारण हाम्रो नेपालको आधा भू भाग विभिन्न वहानामा भारतले आफ्नो पक्षमा पारिसकेको छ । अझ पनि नेपाली नागरिहरु विच फाटो हालेर, लडाएर भारतले नेपालको जमिन कब्जा गरेर नेपालमाथि राज गर्न चाहिरहेको देखिन्छ । नाकाबन्दी गरेर नेपाललाई झुकाएर देश कब्जाको रणनीतिमा भारत लागेको देखिन्छ ।

यस विषयमा नेपाल सरकारले चनाखो बन्न जरुरी छ । हामीले भारतले यो दिएन त्यो दिएन भन्नु भन्दा पनि आफ्नो देश भित्रको स्रोत साधानको सदुपयोग गरेर उत्पादन बढाउन जरुरी छ । हामीसंग सबै चिजवस्तु छ । त्यसलाई सदुपयोग गरेर त्यसबाट आम्दानी लिने सक्ने सरकारी नीतिको अभावका कारण हामी पछाडी परेको हो । अर्को देशसंग निर्भर भएर बाच्नु परेको हो ।

त्यसैको फाईदा उठाएर अहिले भारतले हामीलाई दुःख दिइरहेको छ । त्यसकारण अव हामी नेपाली जागरिला बन्नु पर्छ, हाम्रो देशको सरकारले आत्मनिर्भरको नीति ल्याई चाडै कार्यान्वयन गर्नुपछ । अनि देश सम्वृद्ध बन्छ, देश सम्वृद्ध बने देशका नागरिक शक्तिशाली हुन्छन् । नागरिक शक्तिशाली बने देशको विकास हुन्छ ।

नेपाल विश्वको दोस्रो ठूलो जलस्रोतको धनी देश, हामी त्यसको सदुपयोग गरौँ, जलविद्युतमा लगानी बढाऊ त्यसबाट विद्युत निकालौ अन्य ईन्धनको सट्टा विद्युत प्रयोग गराँै । नेपालमा भएको पानीबाट करिब ८३ हजार मेगावट विद्युत उत्पादन गर्ने क्षमता रहेको छ । अहिले त्यसको २ प्रतिशत पनि नेपाली नागरिकहरुले उपयोग गर्न पाइरहेका छैनन् । किनकी पानी हामीले किन्नु पर्दैन । हामीसंग प्रशस्त पानी छ । सबै ठाउँमा सम्म परेको भू–भाग छ भन्नु पनि छैन । हिमालदेखि तराईसम्म फैलीएको नेपालको भूबनोट छ । यसले पनि विद्युत उत्पादनमा केही सहजता ल्याउने देखिन्छ ।

यदी सम्म परेको भूभाग भएको खण्डमा ठूला ठूला ड्याम बाधेर विद्युत निकाल्नु पथ्र्यो, यो समस्या नेपालमा छैन । तराईको केही भूभाग बाहेक देशको अधिकाशं भूभाग पहाड र हिमालमा पर्दछ । त्यहा प्रकृति प्रदत्त झरनाहरु बाह्रमास कलकल बगिरहेका छन् । त्यसैको सदुपयोग गरेर विद्युत निकालेको खण्डमा पनि नेपालको विकासमा ठूलो टेवा पुग्नेछ । यस विषयमा नेपाल सरकार, नेपालका राजनीतिक दल, ति दलका नेताहरु, अनि नीति निर्माण तहमा पुगेका व्यक्तिहरुले बेलैमा सोच्न जरुरी छ ।

नेपाल कृषि प्रधान देश नेपालका अधिकांश नागरिक अर्थात ६६ प्रतिशत नागरिकहरु कृषी पेसामा संलग्न छन् । यसमा पनि लगानी बढाउन जरुरी छ । लगानी भन्दैमा सबै लगानी राज्यले लगाउनु पर्छ भन्ने होईन, कृषीको सबै क्षेत्रमा अली अली अनुदानको व्यवस्था हुनुपर्छ, सबै भएको खण्डमा पनि विकास हुदैन । कीनकी अनुदान आईहाल्छ भनि हामी अल्छी बन्छौं । त्यसकारण कृषिलाई आधुनिकिकरण गरेर उत्पादनमा वृिद्ध गरेको खण्डमा नेपालका नागरिकहरुको जिवन स्तरमा पनि वृद्धि हुने देखिन्छ ।

नेपालका नागरिकहरुको आयस्तरमा वृद्धि हुनु भनेको नेपालको विकास हुनु हो । हिमाल देखि तराईसम्म फैलिएको भू–वनोट छ । नेपालमा त्यसबाट हामीहरुले बाह्रैमास खेतिपाति गरेर आम्दानी लिनसक्छौं । हामीसंग जमिन छ, जल छ, सुहाउदो हावा पानी छ, तर हामीसंग काम गर्ने जागर नभएका कारण हामी कृषि पेशालाई मर्यादित तरीकाले अगाडी बढाउन सकिरहेका छैनौ ।

अब हामीहरुले जागर लगाएर कृिष पेशालाई अगाडी बढाउन जरुरी छ । यो पनि हामी नेपाली नागरिकहरुको आत्मनिर्भर बन्ने एउटा पाटो हो । हाम्रो माटोमा हामीलाई चाहीने दाल, चामल, गहु, तोरी मात्र होईन हामीलाई चाीहने सम्पूर्ण अन्नपात, तरकारी, फलफूल पनि उत्पादन हुन्छन् । हाम्रो माटोमा हामीले ति उपभोग्य चिजवस्तु उत्पादन गरेको खण्डमा हामीले अरुको मुख ताक्नु पर्दैन । भारतबाट प्याज र आलु पनि ल्याउनु पर्दैन, स्याउ, केरा पनि आयात गर्नु पर्दैन । विभिन्न उपभोग्य वस्तु आयात गरे वाफत त्यो भारत र अन्य मूलुकमा जाने हाम्रो देशको सम्पति पनि हाम्रो देशमा नै रहन्छ ।

नेपालीमा उखान नै छ धन घरै धर्म घरै भने झै यदि हामीले नेपालको माटोमा सबै चिजवस्तु उत्पादन गर्न सकेको खण्डमा नेपालको पैसा पनि नेपालमै रहनेछ । नेपालको पैसा नेपालमै रहनु भनेको नेपाली नागरिकहरुको आयस्तरमा वृद्धी हनु हो । यस विषयमा पनि सरकारले कुरा मात्र गरेर होईन ठोस नीतिका साथ अगाडी बढ्न जरुरी छ । अहिलेको अवस्थामा नेपाली नागरिकहरुको पूर्ण साथ रहने छ ।

नेपालको पछिल्लो तथ्याङ्क अनुसार ४० प्रतिशत भू–भाग जंगलले ढाकेको छ । त्यस भित्र विभिन्न प्रकारका जडीबुटीहरु पाईन्छन् । तिनै जडीबुटीबाट औषधीहरु बनाउन सकिन्छ । अबको सरकारले त्यस विषयमा ध्यान दिनु प¥यो । लगानी गर्ने वातावरण बनाएको खण्डमा लगानी लगाउन नेपाली नागरिकहरु राजि छन् ।

हामी नेपाली हाम्रै देशको जंगलमा पाइने सस्तो मुल्यमा हामीले बेचेको जटीबुटीबाट बनेको औषधी महंगो मूल्यमा किनेर खान बाध्य छौँ । यदि नेपालमै लगानी गरेर औषधी उत्पादन गर्ने हो भने हामीले महंगो मूल्य तिरेर औषधी पनि किन्नुपर्दैन । त्यो औषधी कीन्ने रकम हामी अर्को ठाउँमा लगानी लगाउन सक्छौं । त्यसो गरेको खण्डमा पनि हामी नेपालीको आयस्तर वृद्धी हुन्छ र हाम्रै देशको विकास हुनेछ ।

अर्को सम्भावना नेपालमा सौर्य शक्तिको पनि छ । त्यसको सदुपयोग गरी सौर्य उर्जा निकालेको खण्डमा पनि हामीलाई फाइदा हुने छ । हामी अन्य ईन्धनको साटो त्यसको प्रयोग गर्न सक्नेछौं । अहिले काठमाण्डौका केही स्थानमा यसको सदुपयोग भएको देखिन्छ । त्यतिमा मात्र सिमीत नराखेर यसलाई नेपाल सरकारले देशव्यापी बनाउन जरुरी छ । यसको प्रयोगले कुनै चिजवस्तुको पनि नास नहुने, वाताबरणलाई पनि जोगाउन मद्यत पुग्ने भएकाले यसमा लगानी लगाउनु विश्व समुदाय ईच्छुक छ । जो वाताबरण जोगाउने अभियानमा लागरिहेको छ ।

नेपालमा विभिन्न समयमा खानीहरुको बारेमा पनि सर्वेक्षण भएका छन् । ति कागजी पानामा भएका सर्वेक्षणहरुलाई अब व्यवहारमा उतार्नु पर्ने समय आएको छ । सर्वे गरिएका स्थानहरुमा अब नेपाल सरकारले लगानीको वातावरण बनाएर ति खानीहरुको उत्खनन् गर्नुपर्छ । यदि उत्खनन् गरिएका स्थानबाट केही मात्रामा हामी खनिज पदार्थ निकालन सफल भएपनि नेपालको धनरासी जोगिने छ ।

त्यसमा नेपाल एक्लैले लगानी गर्नुपर्छ भन्ने पनि छैन । अन्य दातृ निकायले पनि त्यसमा लगानी लगाउन सक्छ, यदि नेपाल सरकारले नीति बनाएर लगानी गर्ने वाताबरण सिर्जना गरेको खण्डमा । धेरै समय पहिले नेपालमा भएका खानीहरुका सर्वे कागजी पानामा थन्किएका छन् । सरकार बनाउने र ढाल्ने खेलमा देशलाई आवश्यक पर्ने खानीहरुको हामीहरुले उत्खनन् गर्न सकीरहेका छैनौ । यदि सरकारले नीति बनाएर उत्खनन् गर्ने हो भने केही काममा नेपाली नागरिकहरु श्रमदान गर्न पनि सहमत छन् ।

कीनकी देशका हजारौ युवाहरु दिनानु दिन रोजगारीका लागि विदेश पलायन भईरहेका छन् । यदि नेपालमै दुःख गरेर नेपालमै काम पाईने हो भने त्यो विदेश पलायन हुने युवा जनशक्ति नेपालमै काम गर्नेछ । अर्काको देशमा गएर रातदिन पसिना बगाएर काम गर्न बाध्य युवा जनशक्तिलाई नेपालमै काम गर्ने वाताबरण बनाएको खण्डमा उत्दानमा पनि वृद्धी हुनेछ ।

रोजगारीका लागि भौतारीएर खाडी मुलुकको प्रचण्ड गर्मीमा श्रम बेच्ने देखि लिएर अफ्रीकी मूलुकमा भेडा च्याङ्ग्रा चराउने यूवाहरु पनि नेपाल फर्किनेछन् । आफ्नै देशमा काम गर्न पाएको खण्डमा नेपाल सरकारलाई धन्यवाद दिँदै रमाउनेछन् । यस विषयमा नेपाल सरकार र नेपालका वुद्धीजिवि वर्गले ध्यान पुर्याउन जरुरी छ ।

(साउद सामुदायिक रेडियो टीकापुर एफएम कैलालीमा कार्यरत पत्रकार हुन् ।)