२९ आश्विन २०८३, बिहिबार

मोदीलाई चिठी : मोदी तिमीलाई धेरै धेरै धन्यबाद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narendra-Modi-Dhoti

नाकाबन्दी गरेकोमा, म यति खुसि छु आज ……….. कसरि यो पानामा लेखिसकु म तर,………ढिलै भएपनि मेरो आखा खोलिदियेउ ……
कुरा के भने मेरो ग्यास सिद्दियो अब कसरि खाना पकाउने मलाई ठुलो समस्या भो सारा डिपो, साथीहरु सग ग्यास को खोजि मा निस्किए तर मेरो हात खाली नै भो … अब के गर्ने दाऊरा बालुम घरबेटी रिसाउने, अनि अन्तिममा मेरो छिमेकि साथीले बिजुली चुलोमा खाना पकाएको कुरा थाहा भो अनि मैले पनि किन्ने निधोगरे ….

अहिले मेरो घरमा बिजुली बाट खान पाक्न थालो, मैले किनेको धेरै भाको छैन तर योमन किन सन्तोष हुन्थियोर, मैले किनेको कुरा मेरो इस्टमित्र लाइ पनि थाहा भो मैले ले किनेको कुरा सेयर पनि गरे … प्रतिक्रिया आउन थाले बिजुलीको बिल कति आउछ ? कसैले महिनाको ५ हजार नाग्छ पनि भने ..अब के गर्ने ? बाफरे तेत्तिका बिल आयो भनेता बर्बादै हुन्छ नि ?

अनि मैले पख म एक दिन को चेक गर्छु अनि त महिना भरिको लगभग मिलिहाल्छ भन्ने निधो गरे .. बुडिलै भने हेर बुडी आज म बिजुली चेक गर्दैछु आज टन्न बिजुली बाट मात्र बिहान बेलुकी खान दिन म खाजा, पानि सबैकुरा बिजुली बाट मात्र गर्नु है भनेर बिहानै बिजुली यूनिट चेक गरेर ब्याड मिण्टन खेल्न हिने … अनि बेलुकी आएर सुत्ने बेलामा सोदे बुडिलाइ आज सबै कुरा बिजुली बाटनै हैन त ? बुडिले हो भनि ल म अब चेक गर्छु हित बिजुली यूनिट .. …………….

जम्मा बिजुली यूनिट आयो ३ यूनिट, म त्यो बेला कति खुसि भए ……….. अनि मोदीलाइ सम्झे …..बस येति भने धन्यबाद मोदी तिमीलाई ढिलै भएपनि आखा खोलिदिएकोमा ………..

अब मलाई कसैले ग्यास आयो लिन आउनुस भनेमा पनि म आउदिन त्यो मेरो खाली सिलिन्डर बेचिदिनु त्यो पैसा मोदीको खातामा जम्मा गरिदिनु भन्नेवालामा छु ।

धन्यबाद मोदी एक पल्ट फेरी यसै गरि सारा हामी नेपालीको आखा खोल्दै जाउ ……

गोविन्द घिमिरे/स्वाभिमानी नेपाली